जापानमा अन्तरास्ट्रीय नेपाली हाइकु महोत्सव हुने

टोकियो सेप्टेम्बर ५ । अन्तरास्ट्रीय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टर र नेपाल हाइकु केन्द्रको सन्युक्त आयोजनामा जापानमा अन्तरास्ट्रीय नेपाली हाइकु महोत्सव २०१८ को आयोजना हुने भएको छ । बि.स. २०६२ सालमा पहिलो पटक नेपालमा भएको हाइकु महोत्सवको दोस्रो सन्स्करण अनेसास सँग मिलेर यसपटक हाइकुको उदगम थलोमा गर्ने निधो भएको कुरा नेपाल हाइकु केन्द्रका अध्यक्ष रामकुमार पाँडेले बताएका छन् ।

महोत्सवमा जापानका केहि चर्चित हाइकु कविहरुले पनि दरीलो सहभागिता जनाउने भएका छन । सम्मेलनमा भाग लिनको निम्ती युरोप, अमेरिका, नेपाल लगाएतका क्षेत्रमा नेपाली हाइकु लेखनमा सक्रिय कविहरुको उपस्थित हुने जनाइएको छ । कार्यक्रम यही सेप्टेम्बर ३० तारिक आइतवार टोकियो स्थित शिन-ओकुबोमा रहेको नेपाली मुरा हलमा हुने र कार्यक्रमको सम्पुर्ण आन्तरिक तयारी भइसकेको जनाइएको छ ।

‘कायक्रमको सम्पूर्ण आन्तरिक तयारी भइसकेको छ । नेपालसहित विश्वभरिका हाइकु लेखकलाई हामीले निम्त्याइसकेका छौं ।’ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) का वरिस्ठ उपाध्यक्ष समेत रहेका कार्यक्रम संयोजक प्रकाश पौडेल ‘माइला’ले भने, ‘हाइकुको उदगमस्थल भएकोले पनि यसपटकको सम्मेलन जापानमा गर्ने योजना बनेको हो । नेपाली हाइकु कवि र जापानी हाइकु कविको बिचमा घनिभुत समबन्ध स्थापना गरी हाइकुको माध्यमबाट नेपालमा साहित्यिक पर्यटक भित्र्याउने उदेस्यले पनि कार्यक्रमको आयोजना गर्न लागीएको हो ।’

१३ वर्षदेखि जापानलाई कर्मभुमी बनाएका प्रकाश पौडेल ‘माइला’ नेपाली हाइकुका विकासकर्ता एबम खोजकर्ता मानिन्छन् । पौडेलको नेतृत्वमा नेपाली हाइकु म्यागेजिन तथा अनलाइन सामग्री नियमित प्रकाशन हुँदै आएको छ । हालै मात्र उनले रामकुमार पाडे सँग मिलेर ‘हजार हाइकु’ बजारमा ल्याएका थिय । साहित्यकार शंकर लामिछानेले बि. स. २०१९ सालमा जापानबाट नेपालमा हाइकु भित्र्याएका हुन । हाल नेपालमा हाइकु लेखिने र लोकप्रियता चुलिने क्रम तिब्र भएको छ ।

‘अन्तरास्ट्रीय नेपाली हाइकु महोत्सव २०१८ जापानमा आयोजना हुनुलाई नेपाल र जापान बिचमा अब साहित्यको माध्यमबाट नया सम्बन्ध बिकसित हुने आकलन गर्न सक्छौ ।’ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरका अध्यक्ष दीप पाठकले भने, ‘यसबाट नेपाली साहित्यलाई अन्तराट्रीयकरण गर्न निकै सहजता हुन्छ ।

कार्यक्रम सफल पार्नको लागि प्रकाश माइला सन्योजक र दीप पाठक सह-सन्योजक रहेको मुल आयोजक समिती गठन गरीएको छ भने सल्लाहकारहरु चयन गर्नुको साथै बिभिन्न उप-समितीहरु पनि गठन गरीएका छ्न ।

Bishawas Acharya

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago