जुलाइ ५ , टोकियो ।
राजधानी टोकियोमा यही जुलाई ७ तारिख शनिवार हुन लागेको कन्सर्टको लागि नेपथ्य व्याण्डका कलाकारहरु जापान आईपुगेका छन् । बुधवार बिहान नारिता बिमानस्थलमा नेपथ्य व्याण्डका मुख्य गायक अमृत गुरुङ सहितका कलाकारहरुलाई आयोजक गोरेटो प्रोडक्सनका सदस्यहरुले भव्य स्वागत गरेका छन् ।
नेपथ्य व्याण्डको भव्य कन्सर्टको तयारी र व्यवस्थापन सकिएको जानकारी आयोजक संस्था गोरेटो प्रोडक्सनका सदस्यहरुले दिएका छन् । कन्सर्ट आगामी २३ असार अर्थात् आगामी शनिवार जुलाई ७ तारिखका दिन राजधानी टोकियोको सुईदोउबासी स्थित टोकियो डोममा रहेको टोकियो डोम सिटि हलमा हुँदैछ । नेपथ्यको जापान यात्रा र भव्य कन्सर्ट तयारी भकोछ ।
नेपालको लोकप्रिय सांगितिक व्याण्ड र व्यक्तिगत रुपमा समेत सबै उमेर समुहका नेपालीमाझ रुचाईएका गायक हुन् अमृत गुरुङ ।
उनै गायक गुरुङ तीन बर्षपछि आफ्ना व्याण्डका अन्य नौ जना सदस्यहरु सहित जापानमा कन्सर्ट गर्न बुधवार आईपुगेका छन् । यसअघि नेपथ्यले नेपालमा बिनाशकारी भूकम्प गएको केही समय पछि मात्र टोकियोको कामदास्थित एप्रिकोट हलमा भव्य कन्सर्ट आयोजना गरेको थियो ।
भूकम्पको आहतमा मनोरञ्जन भन्दा बेदना र संवेदनाका गीतले जापानमा रहेका नेपालीहरुलाई एकढिक्का बनाएर कन्सर्टबाट उठेको रकम समेत भूकम्प पिडितको लागि सहयोग गरेको नेपथ्य व्याण्ड यसपटक भने आफ्नो रजत जयन्ती मनाउँदै खुशी साट्न टोकियो आईपुगेको छ । गोरेटो प्रोडक्सनको आयोजनामा हुन लागेको ऐतिहाँसिक कन्सर्टमा गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिनेछन् ।
दर्शकलाइ नाच्न र नचाउन सबै व्यवस्थापन मिलाइसकिएको भन्दै आयोजक संस्थाका सदस्यहरुले ‘बब डिलन’, ‘कोल्ड प्ले’ र ‘मिस्टर बिग’ जस्ता कलाकारहरुले प्रस्तुती दिइसकेको टोकियो डोम सिटि हलमा ‘स्टेट अफ दी आर्ट साउण्ड सिस्टम’ सहित ‘साउण्ड एब्जर्बिङ अकस्टिक वाल’ समेत लगाइएकाले साउण्ड, लाईट, व्यवस्थापन लगायत सबै हिसाबले नेपथ्य व्याण्डको कन्सर्ट जापानमा भएको अहिलेसम्मकै भव्य कन्सर्ट र प्रस्तुती हुने बताएका छन् ।
कन्सर्ट सकिएको तेस्रो दिन स्वदेश फर्कने बताइएको नेपथ्य व्याण्डले जुलाई ७ तारिखको टोकियो डोम सिटि हलको कन्सर्टलाई ऐतिहाँसिक र भव्य बनाउन व्याण्डका सदस्यहरु तयार रहेको बताएका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…