एकदिवशीय क्रिकेटमा नेपालको एेतिहासिक जित,नेदरल्यान्ड्ससँग शृंखला बराबरी

काठमाडौं-नेदरल्यान्ड्सविरुद्धको दुई खेलको एकदिवशीय अन्तर्राष्ट्रिय शृ‌ंखला नेपालले १-१ को बराबरी गरेको छ। दोस्रो तथा अन्तिम खेलमा नेपाल शुक्रबार १ रनले विजयी भयो। दुई सय १७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ५० ओभरमा सबै विकेट गुमाएर २१५ रन जोड्यो।

नेपालका सन्दीप लामिछानेले तीन, ललित भन्डारीले दुई तथा दीपेन्द्रसिंह एेरी,पारस खड्का, बसन्त रेग्मी र सोमपाल कामीले पनि एक एक विकेट हात पारे। यसअघि पहिलो खेलमा नेपाल ५५ रनले पराजित भएको थियो। नेपालले पहिलोपटक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृ‌ंखला खेलेको हो। नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय खेलमा पहिलो जित पनि हात पारेको हो। यसै शृंखलामार्फत एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल प्रवेश पनि गरेको हो।

दोस्रो खेलमा नेदरल्यान्ड्सका वेस्ली बारेस्सीले सर्वाधिक ७१ रन जोडे। नेदरल्यान्ड्सका ड्यानियल डे ब्राकले पनि ३९ रन जोडे। ब्राक र वेस्ली बारेस्सीबी तेस्रो विकेटका लागि ८४ रनको साझेदारी भएको थियो। ब्राकलाई आउट गर्दै सन्दीपले उक्त साझेदारी तोडेका थिए। सन्दीपले एकै ओभरमा दुई विकेट हात पारेका थिए। यसैगरी पार्ट टाइम बलर एेरीको बलमा बारेस्सी छैटौं विकेटका रुपमा आउट हुँदा नेदरल्यान्ड्सले एक सय ४३ रन जोडेको थियो।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा सबै विकेट गुमाएर २ सय १६ रन जोड्यो ।कप्तान पारसले ५१ र सोमपाल कामीले ६१ रन बनाए। सुबास खकुरेल र दीपेन्द्रसिंह एेरीले १९/१९ रन बनाए। ज्ञानेन्द्र मल्लले १३ र अनिल शाहले चार रन जोडे । रोहित पौडेलले ६ र आरिफ शेखले १६ रनमा आउट भए।

फन माईबर्घलाई आउट गरे। माईबर्घ शुन्यमै आउट भए। यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा सबै विकेट गुमाएर २ सय १६ रन जोड्यो ।कप्तान पारसले ५१ र सोमपाल कामीले ६१ रन बनाए। सुबास खकुरेल र दीपेन्द्रसिंह एेरीले १९/१९ रन बनाए। ज्ञानेन्द्र मल्लले १३ र अनिल शाहले चार रन जोडे । रोहित पौडेलले ६ र आरिफ शेखले १६ रनमा आउट भए।

नेपालले २९ रन जोड्द पहिलो विकेट गुमाएको थियो। आरिफ शेख र पारसबीच छैटौं विकेटका लागि ४७ रनको साझेदारी भयो। आरिफ र सोमपालबीच आठौं विकेटका लागि २३ रनको साझेदारी भयो।

चौथो विकेटका लागि २५ रनको साझेदारी गरेको नेपालले पाँचौं विकेटका लागि १६ रन जोड्यो।आठौं नम्बरमा ब्याटिङमा आएका सोमपालले ४५ बलमा ३ छक्का र ५ चौका प्रहार गरे। ८८ रन जोड्दा पाँच विकेट गुमाएकाे नेपाललाई मध्यक्रम तथा सोमपालले सम्हाले।

एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली ब्याट्सम्यानको यो तेस्रो अर्धसतक हो । पारसले ६९ बलमा दुई छक्का र ६ चौका प्रहार गरे। यसअघि ज्ञानेन्द्र मल्लले पनि अर्धसतक बनाएका थिए।

सोमपाल र सन्दीप लामिछानेबीच नवौं विकेटका लागि ४१ रनको साझेदारी भयो। । नेदरल्यान्ड्सका फ्रेड क्लासेनले तीन तथा पिटर सिलार र माइकल रिप्पोनले दुई दुई विकेट हात पारे।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago