नेपाल जापान बिद्यार्थी समाज का केन्द्रिय महासचिव भुसाल ले प्रधानमन्त्री केपी शर्मा ओली लाई ज्ञापन पत्र बुझाए ।

जापान , बिस्वास आचार्य। नेपाल जापान बिद्यार्थी समाज का महासचिव कृष्ण प्रसाद भुसाल र अर्थ संयोजक समेत रहनु भएका अजय राना द्वारा नेपाल सरकार का सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र पररास्ट मन्त्री प्रदीप ज्ञवाली संग भेट वार्ता गरी जापान मा अध्यनरत नेपाली बिद्यार्थी हरू को सम्भावना तथा चुनौती का बिषय मा जानकारी गराउ दै महासचिव कृष्ण प्रसाद भुसाल ले जापान मा अध्यन तथा रोज़गारको शिलाशिलामा रहनु भएका नेपाली हरूको विभिन्न समस्या हरू नेपाल सरकार ले जापान सरकार संग समन्वय गरी समस्याहरू समाधान का निम्ती अनुरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओली लाई ज्ञापनपत्र बुझएकाछन्

बिशेष त हाल जापान मा दुर्घटना तथा विभिन्न कारणले मृत्यु भएका नेपाली हरूको शव नेपाल सम्म ल्याउन बिभिन्न शीर्षक मा ठुलो रकम ख़र्च लाग्ने हुँदा आर्थिक अभाव कै कारण नेपाल सम्म ल्याउन नसकिने र प्रदेशी भूमिमै दाहसंस्कार गर्नू पर्ने बाध्यात्मक स्थिति रहेका ले यस्तो अवस्थमा प्रदेश मा ज्यान गुमाएका नेपाली दाज़ुभाई दीदीबहिनी हरूको शव नेपाल सरकार ले जापान सरकार संग समन्वय गरी सरल र निशुल्क रूपमाँ स्वदेस मै ल्याउने ब्यवस्था मिलाउन प्रधानमन्त्री लाई अनुरोध गरियो ।

यसैगरी जापान पाठाउने नाममा मनपरि रूपमा रक़म असुल्ने कन्सलटेन्सीहरूलाई कारबाही को दायरामा ल्याइ एकनासको रक़म तोकीने ब्यवस्था हुने पर्ने! यसैगरी जापान जानूपूर्ब  coe (certificate of eligibility) योग्यता प्रमाणपत्र आए पछी कलेजलाई रक़म पाठाई र पछी नेपाल स्थित जापानको राजदूतावास माँ अन्तरबार्ता मा फालिने जसबाट बिद्यार्थी मा अध्यन गर्छू जीवन मा केही गर्छू भन्ने मनोबलपनी गिरेर जाने , त्यती मात्र नभएर परिवार मा ठुलो आर्थिक भार पर्न जाने हुदा यो क्रमलाई अलिकती सुधारेर सिअोई आइसकेपश्चात दूतावासमा अन्तरबार्ता लीने र भाषामा योग्य भएका लाई मात्र छनोट गरी कलेज लाई कलेज फि हाल्न लगाई भिसा दिने खाल को प्रक्रिया जापान सरकार संग समन्वय गरी मिलाउनु हुन अनुरोध गरे त्यति मात्र नभएर जापान मा रहनू हुने नेपाली हरूको हाल देखिएका विभिन्न समस्याहरु! समाधान गरीदिनूहुन नेपाल सरकार का

प्रधानमन्त्री केपीशर्मा ओलीलाई महासचिव कृष्ण प्रसाद भुसाल र अजय रानाले ज्ञापन पत्र बुझएकाछन् ।

यसै गरी अध्यन तथा रोज़गारको शिलाशिला मा धेरै यूवा-युबती प्रदेशिन बाध्यरहेकाले यस अवस्थालाई रोक्न नेपाल का विभिन्न क्षेत्रहरूमा प्राविधिक शिक्षा संचालन गरी स्वदेश मै अध्यन गरी स्वदेश मै स्वरोजगार हुने वातावरण सृजना गरीदीनूहुन महासचिव भुसाल ले नेपाल सरकार सँग अनुरोध समेत गरेकाछन् । नेपाल जापान बिद्यार्थी समाज ले अत्यन्तै समय समय सान्दर्भिक र महत्वपूर्ण विषय उठाएकाले यसको समाधान को निम्ती नेपाल सरकारले तत्काल पहल गर्न प्रधानमंत्री केपी शर्मा ओली र पररास्ट मन्त्री प्रदीप ज्ञवाली सकारात्मक रहनु भएको माहासचिब भुसाल ले सनराइज जेन लाई बताए ।

नेपाल जापान बिद्यार्थी समाज का पदाधिकारी र सरकार का प्रधानमन्त्री तथा मन्त्री बीच भेट घाट तथा छलफल को ब्यावस्था मिलाईदिनु हुने नवलपरासी का पूर्व माननीय सांसद एब समाजसेवी कृष्ण पौडेल प्रति महासचिव भुसाल र अजय रानाले संयुक्तरूप मा धन्यवाद समेत व्यक्त गरेका थिए ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago