Brazil's Neymar looks up during a soccer team training session in London, Tuesday, May 29, 2018. Brazil will play Croatia in a pre-world cup soccer friendly at Anfield Stadium in Liverpool, England on Sunday. (AP Photo/Kirsty Wigglesworth)
जेठ २० –
गतसाता शत प्रतिशत फिट भएको बताएपनि ब्राजिलका स्टार फरवार्ड नेयमार बिहीबार विश्वकप प्रशिक्षण क्याम्पमा मुख्य टोलीबाट बाहिर बसेका छन् । खुट्टाको चोटको शल्यक्रियाका कारण नेयमार अझै पूर्ण रुपमा फिट भएका छैनन् ।
विश्वकप तयारीको लागि आइतबार लन्डन जानुअघि नेयमारले आफू पूर्णरुपमा ठिक नभएको बताए । यद्यपी नेयमारले विश्वकपको पहिलो खेलसम्म भने सबै ठिक हुने प्रतिवद्धता व्यक्त गरे । ब्राजिलले विश्वकप अगाडीको अभ्यास खेलमा आइतबार क्रोएसियासँग खेल्दैछ । लिभरपुलमा हुने उक्त खेलमा नेयमारको उपस्थिति भने पक्का भएको छैन ।
बिहीबार भएको अभ्यासमा प्रशिक्षक टिटेले ग्यब्रिएल् जेसस र फिलिप कोउटिन्होलाई अग्रपंक्तिमा खेलाए । नियमित रुपमा राष्ट्रिय टोलीबाट खेलिरहेका मार्किन्हसको स्थानमा थियागो सिल्भा खेलेका थिए । त्यसअघि ब्राजिल फुटबल संघले मिडफिल्डर रेनाटो अगुस्टोको घुंडामा चोट लागेका कारण उनले क्रोएसियाविरुद्धको खेल गुमाउने जानकारी दिएको थियो । २० वर्षीय अगुस्टो साताको अन्त्यसम्म विश्राममा बस्ने सम्भावना रहेको छ ।
ब्राजिलले विश्वकपका तयारीका लागि सोमबारदेखि टोटेनहम हट्सपरको प्रशिक्षण केन्द्र प्रयोग गर्दै आएको थियो । विश्वकपका लागि प्रस्थान गर्ने बेलासम्म ब्राजिल यहीं रहनेछ । ब्राजिलले विश्वकप अघि अन्तिम मैत्रीपूर्ण खेल अस्ट्रियासँग जुन १० मा खेल्नेछ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…