Categories: समाचार

नदिको सुस्साहट रोकियो मृतकका आफन्त भक्कानिदा : पाल्पा बस दुर्घटना

भबिन्द्र गौतम, पाल्पा २०, जेष्ठ
मन्सुली बर्षा भैरहेको थियो आकशमा कालो बादल लागेकै थियो त्यहि कालो बादल तानसेनका लागि कालो दिनका रुपमा परिणत हुन पुग्यो । शुक्रबार पाल्पाको हुमिनमा भएको बस दुर्घटनाले तानसेन शोकमग्न हुन पुग्यो । अध्ययन अबलोकनको भ्रमणका लागि तानसेनबाट पूर्वी पाल्पाको रामपुर जाँदै गरेको लु२ख ९७५ नम्बरको बसमा लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी, सदस्य एवम् कर्मचारीसहित अतिथिहरु यात्रा गरेका थिए ।

२१ जना सहकारीका परिवार र २ जना बसका कर्मचारी चढेको बस रम्भा गाउँपालिका –४, हुमिनको धारादी वनमा शुक्रबार बिहान दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै र उपचारका क्रममा ३ जनाको अस्पताललमा ज्यान गएको थियो भने सिकस्त घाइते भएका ४ जना लाई उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौका सुबिधासम्पन्न अस्पतालमा लगियको छ । अन्य ५ जना घाइते यात्रुहरुलाइ तानसेन स्थित मिसन र लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।दुर्घटनामा परि ज्यान गुमाएका एकै घरका दुई दाजुभाइसँगै १४ जना मध्ये १३ जनाको कालीगण्डकी तट राम्दीघाटमा शनिबार अन्त्येष्टि गरिएको हो ।

मृतक मुना सारुको छोरा जापानबाट नेपाल फर्किदै गरेकाले उहाँको अन्त्येष्टि छोरा आएपछि मात्रै गरिने पारिवारिक स्रोतले जनाएको छ । चितामा लस्करै सुताइएका सबैलाई देख्दा कसैको पनि आँसु थामिएकाे थिएन । बजारभित्रका यति धेरै जनाको एकैपटक ज्यान गएको घटना भूल्नै नसकिने पीडा बनेको छ तानसेन बासिका लागि । नदिको सुस्साहट समेत रोकिने गरि अधिकाङ्स मलामी भक्कानियका थिए । बजारभित्रका अधिकांश टोलका मानिस दुर्घटनामा परेकाले पाल्पा सदरमुकाम तानसेन बजार शोकमा डुबेको छ । कैलाशनगर, वसन्तपुर, भगवतीटोल, असनटोल, मखनटोल, सिलखानटोल, टक्सारटोल, बसपार्क, बर्तुङसम्मका अधिकाङ्स मलामी राम्दीघाट पुगेका थिए ।

उक्त दुर्घटनामा परि मृत्यु हुनेहरुमा तानसेन–४ का ५२ वर्षीय विष्णुमान वज्राचार्य, तानपा–३ का ४७ वर्षीय देवेन्द्रलाल प्रधान, ५८ वर्षीय कृष्णमान वज्राचार्य, ६० वर्षीय छेत्रमान शाक्य, तानपा–६ का ५९ वर्षीय शुसिल प्रसाद श्रेष्ठ, ४३ वर्षीय सचिन बज्राचार्य, तानपा–४ का ५० वर्षीय कृष्ण बहादुर बोहोरा, ६२ वर्षीय दुर्गावहादुर सारु, तानपा–२ का ५९ वर्षीय लोकनाथ ढकाल, तानपा–३ का ४२ वर्षीय कमला कार्की, ३९ वर्षीया वसन्ती खाँण, तानपा–६ का २९ वर्षीय गीता बुढाथोकी, तानपा–५ की दुर्गादेवी श्रेष्ठ, तानपा– २ की ४५ मुना सारु रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले बताए ।

सचिनको मिशन अस्पताल र कमला र मुनाको मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनायको छ । दुर्घटनामा परेका सहकारी संस्थाका अध्यक्ष विष्णुमान बज्राचार्य र सचिन बज्राचार्य एकै घरका सदस्य हुन । बिपरित दिशा बाट आयको गाडीलाई साइड दिनेक्रममा सडक भासीएर बस दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। दुर्घटना पछि तानसेनका सबै टोल, बजार, सडक सबै सुन्सान छन । जिल्लामा रहेका अधिकाङ्स संघ सस्थाले शोक बक्त्ब्य जारी गर्दै समबेदना ब्यक्त गरेका छन ।

मृतकहरु स्थानीय ब्यापारी, विभिन्न संस्थामा आवद्ध समेत रहेकाले सधैं उनीहरुको अभाव भैरहने पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष मोहन श्रेष्ठले भाव्बिह्ल हुदै बताउनु भयो । दुर्घटनामा परेको बस श्रीनगर यातायात ब्यवसायी समिति द्वारा सन्चालन रहेको थियो । समितिका अध्यक्ष डिल बहादुर ढुंगानाले शोक वक्तव्य जारि गर्दै दुर्घटना प्रति गहिरो दुख ब्यक्त गर्नुभयको छ । यो अवस्थामा आइतबार एक दिन समितिको प्रधान कार्यालय बन्द रहने समितिले जनाएको छ ।

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago