संसार मा रुप र धन सबै सँग हुन सक्छ तर परोपकारी मन हुने कमै सँग हुन्छ , ति हुन एक रुपेन हमाल

जापान , बिस्वास आचार्य :- भन्ने सुनेको थिए प्रदेश मा कोहि आफ्नो हुदैनन् तर कतै बिरलै भेटिन्छन् सबै को आस लाग्दो अनि परोपकरी मन भएको मान्छे ति हुन् प्रदेशी भूमि कुबेत मा रहेका रुपेन हमाल ।

पारिवारिक :– रुपेन हमाल को जन्म रुपन्देही को सैना मैना भन्ने ठाउँमा २०४०-०१-०१ गते बाबा सिद्धि बिलास हमाल र आमा चन्द्र कुमारी हमाल को कोख बाट कान्छो छोरा भएर जन्म भएको थियो ।

रुपेन हमाल को २ दाजु र ३ जना दिदी बहिनी हुनुहुन्छ ।

शिक्षा :-  रुपेन हमाल को पढाई को कुरा गर्नुपर्दा उनी नव जिवन प्राथमिक बिधालय बर्दघाट बाढिपिडित मा १ देखि ५ सम्म प्रा बि शिक्षा लिएका थिए । माध्मिक शिक्षा दिब्य ज्योती मा बि चिसापानी मा ६ देखि १0 सम्म पढेका थिए । दिब्यज्योती बहुमुखी क्याम्पस चिसापानी बर्दघाट न.प. २ अाई कम दोस्रो बर्ष पढी छोडेका थिए ।

सोभाब :- हमाल को सोभाब को कुरा गर्नुपर्दा उनि सानै देखि कसै झै झगडा गर्न मन नपराउने , जति छ सबैले बाडेर खानु पर्छ भन्ने सोच राखी कसैला केही कुरामा पनी नाइ नास्ती गर्न नसक्ने , सदैब अरुको सेवा गरेर आफू खुशी हुन चाहने , आफ्नो भबिस्य जस्तो भयनी अर्काकै बारेमा चिन्तित भै रहने , कुनै समास्या आफू संग आयमा त्यो समाधान नहुदा सम्म त्यही कार्यमा तल्लिन हुने गर्छन् ।

हमाल लाई कुबेत नचिन्ने शायद कोहि नहोलान् दुखी हुन् सुखी सबै चिन्ने गर्छन् । रुपेन हमाल सानै उमेर देखि सामाजिक सेवामा सेवा गर्द अगाडी बढेदै आएका रुपेन ले आफ्नो जन्म भुमिमा मात्र नभई २०११ देखी कुबेत को प्रदेशी भुमिमा दु:ख कष्टमा परेका होस् या असाय दिन दुखी लाई सहयोग गर्दै आएका छन । सामाजिक सेवा साथै कुवेतमा रहेका बिभिन्न संघ सस्था पनि अाबध पनि रहदै अाएका छन्।

काम :- कुवेत मा होस या नेपाल मा हुदा होस विभिन्न कारण ले दुख पायका बालबालिका लाई आर्थिक सहयोग गर्नुका साथै बिरामी दुखी हरुको साहारा पनि बन्दै आयका छन।घर फर्किन नसक्ने लाई टिकट को ब्यवस्था गरिदिने हस्पिटल मा खर्च तिर्न नसकेर बसेका लाई दुताबास संग सहकार्य गरि उहाँ हरुलाइ नेपाल पठाउन को लागी आवस्यक कार्य गर्ने।कुवेत मा दुख पायका ले सम्झिने एउटा आधार बनेका छन।केही समय पहिले मात्र ३ जना अबैधानिक ब्यक्ती का शब पठाउने कार्य मा सफलता हासिल गरेका छन ।

सफलता :- हमाल भने लामो समय देखि आफू लागि परेर अभियान गरि नेपाल फर्काउन खोजेको बिरामी भागिरथ चापागाईं को काम नहुदा सदैब त्यही कार्यमा दौड धुप लागिपरिरहे । कुवेत मा जो कोहि पनि कुनै पनि समस्या आयमा त्यो सम्स्या को समाधान गरेरै छोड्ने हमाल दुताबास र कुवेतका विभिन्न संघ सस्था संग हातेमालो गर्दै धेरै को घर मा साहरा र खुसी दिन सफल भयका छन।

कला :- कुवेतमा रहेकाे लुम्बिनी समाज नेपाल-कुवेत काे अध्यक्ष पनि हुन । रुपेन हमाल जति दु:ख अाईपरे पनी कति पनि दुखी नभई काम गर्ने हमाल संगित तिर पनि निकै रुचि राख्ने गर्छन् । हमाल ले धेरै गितका म्युजिक भिडियो मा अभिनय गर्दै अाएका पनि छन् । कति पय गीत मा उनी अाफै स्वर पनि दिएका छन भने भर्खरै मात्र कुवेत मा सस्कृती को जगेर्ना गर्दै पारीवारीक माहोल मा दोहोरी कार्यक्रम गर्न सफल भयका छन।धन्यवाद :- रुपेन हमाल लाइ नजिक बाट चिन्ने अनि मलाई हमाल को जिबनी को बारे मा सबै कुरा जानकारी गराउने सनराइज जेन कुबेत का साथी दया काफ्ले लाई बिशेष धन्यवाद दिन चाहन्छु ।

रुपेन हमाल परोपकारी मन सधैं यसरि नै अघि बढोस् यहि शुभकामना छ ।

Bishawas Acharya

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago