खाली हुन थाले हिमाली क्षेत्रका विद्यालय यार्सागुम्बा को सिजन ले

यार्सागुम्बा संकलनको मौसम सुरु भएसँगै कर्णाली क्षेत्रका उपल्लो भेकका विद्यालयहरू खाली हुन थालेका छन्। विद्यार्थी र शिक्षकहरू यार्सागुम्बा संकलनका लागि हिमाल भेगतिर लागेपछि कर्णालीका मुगु, डोल्पा, जुम्ला र हुम्ला जिल्लाका विद्यालयहरू खाली हुन थालेका हुन्।

हिमाली जिल्लामा यार्सागुन्बा टिप्नका लागि जेठ १ गतेभित्रै यार्सागुम्बा पाटनहरू खुला गरिने भएपछि शिक्षक तथा विद्यार्थीहरूले विद्यालय छाडेर यार्सागुम्बा संकलन गर्न जाने तयारी थालेका छन्। शिक्षक तथा विद्यार्थी यार्सागुम्बा टिप्न पाटन जाने तयारी थालेपछि यहाँका विद्यालयहरू खाली हुन थालेको मुगम कार्मारोड गाउँपालिकका स्थानीय निरक लामा बताउँछन्। ‘शिक्षक तथा विद्यार्थीहरू यार्सागुम्बा संकलन गर्न जाने तयारीमा जुटेका छन्। त्यसैले विद्यार्थीहरू विद्यालयमा विद्यार्थीहरू दिनप्रति दिन घट्दै छन्,’ उनले भने।

धेरै विद्यार्थी पाटनतिर लागिसकेको र भएका विद्यार्थी पनि यार्सागुम्बा टिप्न जाने तयारीमा जुटेपछि विद्यालयको पठनपाठनसमेत प्रभावित भएको डोल्पा मुड्केचुला गाउँपालिकाका मालिका माध्यामिक विद्यालय नर्कुका प्रधानाध्यापक दीपक गुरुङले बताए। ‘धेरैजसो विद्यार्थी यार्सागुम्बा संकलनका लागि पाटनतिर लागिसकेका छन् ।’ उनले भने, ‘एक हप्ता अगाडिसम्म खचाखच हुने कक्षाहरू अहिले खाली हुँदै गएका छन्।

Bishawas Acharya

Recent Posts

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago

झापा–१ मा निशा डाँगीको सानदार जीत, रास्वपाको फराकिलो मतान्तर

झापा–१ मा रास्वपाकी निशा डाँगी निर्वाचित झापा, फागुन २३ — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा…

56 years ago

झापा–२ मा इन्दिरा राना मगरको जीत, सभामुख देवराज घिमिरे ४८ हजारभन्दा बढी मतान्तरले पराजित

झापा, फागुन २४ — विघटित प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले अघिल्लो संसद्का सभामुख देवराज घिमिरेलाई…

56 years ago

एमालेले गम्भीर आत्मसमीक्षा गर्नुपर्छ: सुरेन्द्र पाण्डे

काठमाडौं। नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले प्रतिनिधि सभा निर्वाचनको नतिजापछि पार्टीलाई गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताएका…

56 years ago

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी, कांग्रेस दोस्रो

काठमाडौं–ताप्लेजुङ। प्रतिनिधि सभा निर्वाचनमा ताप्लेजुङबाट **नेकपा (एमाले)**का उम्मेदवार क्षितिज थेबे विजयी भएका छन्। अन्तिम मतगणनाअनुसार…

56 years ago