यार्सागुम्बा संकलनको मौसम सुरु भएसँगै कर्णाली क्षेत्रका उपल्लो भेकका विद्यालयहरू खाली हुन थालेका छन्। विद्यार्थी र शिक्षकहरू यार्सागुम्बा संकलनका लागि हिमाल भेगतिर लागेपछि कर्णालीका मुगु, डोल्पा, जुम्ला र हुम्ला जिल्लाका विद्यालयहरू खाली हुन थालेका हुन्।
हिमाली जिल्लामा यार्सागुन्बा टिप्नका लागि जेठ १ गतेभित्रै यार्सागुम्बा पाटनहरू खुला गरिने भएपछि शिक्षक तथा विद्यार्थीहरूले विद्यालय छाडेर यार्सागुम्बा संकलन गर्न जाने तयारी थालेका छन्। शिक्षक तथा विद्यार्थी यार्सागुम्बा टिप्न पाटन जाने तयारी थालेपछि यहाँका विद्यालयहरू खाली हुन थालेको मुगम कार्मारोड गाउँपालिकका स्थानीय निरक लामा बताउँछन्। ‘शिक्षक तथा विद्यार्थीहरू यार्सागुम्बा संकलन गर्न जाने तयारीमा जुटेका छन्। त्यसैले विद्यार्थीहरू विद्यालयमा विद्यार्थीहरू दिनप्रति दिन घट्दै छन्,’ उनले भने।
धेरै विद्यार्थी पाटनतिर लागिसकेको र भएका विद्यार्थी पनि यार्सागुम्बा टिप्न जाने तयारीमा जुटेपछि विद्यालयको पठनपाठनसमेत प्रभावित भएको डोल्पा मुड्केचुला गाउँपालिकाका मालिका माध्यामिक विद्यालय नर्कुका प्रधानाध्यापक दीपक गुरुङले बताए। ‘धेरैजसो विद्यार्थी यार्सागुम्बा संकलनका लागि पाटनतिर लागिसकेका छन् ।’ उनले भने, ‘एक हप्ता अगाडिसम्म खचाखच हुने कक्षाहरू अहिले खाली हुँदै गएका छन्।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…