उदयपुरको उदयपुरगढी गाउँपालिकामा विद्यालयमा पढाएर डेरा फर्किंदै गरेका शिक्षक मृत फेलापरेका छन्। उदयपुरगढी गाउँपालिका– २ बर्रेस्थित आधारभूत विद्यालय सातबोटका प्राथमिक शिक्षक ५१ वर्षका ईश्वरप्रसाद ढुंगाना शुक्रबार मृत फेलापरेका हुन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक देवीप्रसाद फागोले उदयपुरगढी– ३ मै पर्ने माध्यमिक विद्यालय र बग्रेनी विद्यालयको बीचमा पर्ने लामपत्तेमा मृत फेलापरेका बताएका छन्। ‘
हिजो बिहीबार नै विद्यालय छाडेर हिँडेपछि विद्यालय परिवार र अभिभावकले शुक्रबार खोजी गर्दा मृत फेलापरेका हुन्’, फागोले भने, ‘शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बोक्से ल्याइएको छ, भने अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयको टोली गएको छ।’ उदयपुरगढी– ६ नेपालटार घर भएका ढुंगाना विगत सात वर्षदेखि डेरा लिएर सातबोटमा बस्दै आएका थिए। विद्यालयबाट करिब ७०० मिटरको दूरीमा रहेको भीरबाट ३०० मिटर तल खसेको अवस्थामा उनको शव फेलापरेको स्थानीय ढकबहादुर राउतले बताए।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…