युवतीहरुले किन पाल्छन् काखी र योनीमा रौँ ?

काखी तथा गुप्तांगका रौँ सफाचट् पार्नका लागि विभिन्न खाले सौन्दर्य प्रशाधनका विधिहरु तर्फ आधुनिक युवतीहरु आकषिर्त हुन्छन् । उल्लेखित अंगका रौँ मात्र होइन आँखिभौँ तथा सरीरका अन्य भागमा पलाएका रौँ समेत उखेलेर वा खौरेर सुन्दर देखिने लालसा युवतीहरुमा हुन्छ र यसका लागि धेरै खर्च समेत गर्न पछि पर्दैनन् । तर दक्षिण कोरियाली युवतीहरुमा भने गुप्तांगका रौँ पाल्ने प्रचलन फस्टाएको मात्र छैन गुप्तांग क्षेत्रमा रौँ प्रत्यारोपण गर्ने चलन पनि बढेको छ ।

यो वर्षको सुरुतिर अमेरिकाको एक म्यागेजिनले न्युयोर्कका ब्यूटी सैलुनहरुमा महिलाहरुको गुप्तांगका रौँ बढाउने ब्राजिलीयन मैन विधिको क्रेज बढिरहेको समाचार छापेको थियो । गुप्तांगका रौँ पाल्ने संस्कृतिका विषयमा म्यागेजिनले विशेष अंक नै छापेकेा थियो कुनैबेला । तर अहिले दक्षिण कोरियामा गुप्तांगका रौँ पाल्ने संस्कृति नै फस्टाएको समाचार आएको छ । रिफाइनरी ट्वान्टी नाइन नाम वेबसाइटका अनुसार ‘रौँ कलमी’ दक्षिण कोरियाको विषय बनिरहेको छ । निकै बढेका तथा बाक्लो गुप्तांगका रौँ हुनुलाई कोरियामा युवतीको प्रजनन क्षमता तथा यौन स्वास्थ्यको सूचकको रुपमा मानिन्छ । त्यसैले गुप्तांगमा रौँ कम हुने युवतीहरुलाई यौन तथा प्रजनन स्वास्थ्यमा कमजारे युवतीको रुपमा लिइन्छ |

कोरियन एसोसिएसन अफ मेडिकल इडिटर्सका अनुसार दक्षिण कोरियामा हरेक १ सय जनामा १० जना युवतीहरुमा गुप्तांगमा पर्याप्त रौँ नहुने समस्या छ । यसलाई प्युबिक आटि्रकोसिस नाम दिइएको छ । गुप्तांगमा पर्याप्त रौँ नहुने यस्तो समस्या भएका युवतीहरु आफ्नो श्रीमान वा प्रेमीको दबाबका कारण पनि गुप्तांगमा रौँ प्रत्यारोपण गराउने तर्फ अग्रसर हुँदै गएको बताइन्छ । यस अन्तरगत टाउकोबाट रौँ उखेलेर त्यसलाई गुप्तांगमा प्रत्यारोपण गरिन्छ । यो निकै महंगो पद्धति भएपनि युवतीहरुले आफुलाई युवकहरुको रोजाइमा पार्न तथा यौन र वैवाहिक जिवनलाई सफल बनाउन गुप्तांगमा रौँ प्रत्यारोपण गर्ने गरेका छन् ।

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago