जापानमा विद्यार्थी भिसामा आएर एक हप्तामा २८ घण्टा तोकिएको समय भन्दा बढी काम गर्ने १ हजार बढी विदेशी विद्यार्थीहरु कारवाहीमा परेको समाचार छ । नियम अनुसार विद्यार्थीले काम गर्न पाउने हप्ताको २८ घण्टा भन्दा बढी काम गरेकोमा १ हजार १० जना विदेशी विद्यार्थी कारवाहीमा परेका हुन् । योमीउरी अनलाइनका अनुसार २०१६ मा तोकिएको समयभन्दा बढी काम गरेकै कारण उनीहरु कारवाहीमा परेका हुन ।
त्यसो त समाचारमा जापानमा रहेको अधिकांश विदेशी विद्यार्थीहरुले तोकिएको भन्दा बढी काम गर्ने गरेको पनि उल्लेख गरिएको छ । एउटै विद्यार्थीले दुइ वा साे भन्दा बढी काम गरेको खण्डमा टोटल कति घण्टा काम गर्याे भनेर इमिग्रेसन तथा काम दिने कम्पनीलाई समेत पत्ता लगाउन निकै जटिलता भएकाे कारण समस्या समाधान गर्न गाह्राे भएकाे बताइएको छ । एक ठाउँमा २८ घण्टाकाे दरले दुई वा साे भन्दा बढी ठाउँमा काम गर्नेहरू रहेकाे बताइएको छ ।
अघिल्लो वर्ष पनि १ हजार बढी विद्यार्थीहरु कारवाहीमा परेको र यो संख्यामा वृद्धि हुँदै गईरहेको समाचारमा उल्लेख छ ।यसरी नियम उलंघन गर्ने विद्यार्थीहरुलाई भिसा रद्द गरेर आफ्नै देश फर्काउने सम्मको कारवाही भएको बताइएको छ । जापानमा विदेशी विद्यार्थीहरुको संख्या सन् २०१२ मा १ लाख ८० हजार बढी रहेकोमा २०१६ को अन्त्यसम्ममा २ लाख ७७ हजार बढी रहेको छ । यसरी विद्यार्थीको संख्या बढेसँगै अवैधानिक काम गर्नेहरुको संख्यामा पनि वृद्धि भइरहेको छ ।
यसरी अवैधानिक काम गरेर कारवाहीमा पर्नेमा भियतनामी सबैभन्दा बढी रहेको समाचारमा उल्लेख छ । भियतनामी ६ सय ६४ र चीनिया २ सय ९० जना रहेको समाचारमा उल्लेख गरिएको छ । जापानमा रहेका विदेशी विद्यार्थीहरूकाे संख्या हरेक वर्ष बढ्दाे दर छ । २०१६ सम्म सबैभन्दा बढी चीनिया, दोस्रोमा भियतनामी र तेस्रोमा नेपाली परेका छन् । जापानमा हाल नेपाली विद्यार्थीहरूकाे कूल संख्या २२ हजार ९ सय ६७ जना रहेको छ भने त्यसमा ६ हजार १५ जना जापानी भाषा स्कुल पढ्ने विद्यार्थीहरु रहेका छन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…