जापान मा १ हजार बढी विदेशी विद्यार्थी कारवाहीमा

जापानमा विद्यार्थी भिसामा आएर एक हप्तामा २८ घण्टा तोकिएको समय भन्दा बढी काम गर्ने १ हजार बढी विदेशी विद्यार्थीहरु कारवाहीमा परेको समाचार छ । नियम अनुसार विद्यार्थीले काम गर्न पाउने हप्ताको २८ घण्टा भन्दा बढी काम गरेकोमा १ हजार १० जना विदेशी विद्यार्थी कारवाहीमा परेका हुन् । योमीउरी अनलाइनका अनुसार २०१६ मा तोकिएको समयभन्दा बढी काम गरेकै कारण उनीहरु कारवाहीमा परेका हुन ।

त्यसो त समाचारमा जापानमा रहेको अधिकांश विदेशी विद्यार्थीहरुले तोकिएको भन्दा बढी काम गर्ने गरेको पनि उल्लेख गरिएको छ । एउटै विद्यार्थीले दुइ वा साे भन्दा बढी काम गरेको खण्डमा टोटल कति घण्टा काम गर्याे भनेर इमिग्रेसन तथा काम दिने कम्पनीलाई समेत पत्ता लगाउन निकै जटिलता भएकाे कारण समस्या समाधान गर्न गाह्राे भएकाे बताइएको छ । एक ठाउँमा २८ घण्टाकाे दरले दुई वा साे भन्दा बढी ठाउँमा काम गर्नेहरू रहेकाे बताइएको छ ।

अघिल्लो वर्ष पनि १ हजार बढी विद्यार्थीहरु कारवाहीमा परेको र यो संख्यामा वृद्धि हुँदै गईरहेको समाचारमा उल्लेख छ ।यसरी नियम उलंघन गर्ने विद्यार्थीहरुलाई भिसा रद्द गरेर आफ्नै देश फर्काउने सम्मको कारवाही भएको बताइएको छ । जापानमा विदेशी विद्यार्थीहरुको संख्या सन् २०१२ मा १ लाख ८० हजार बढी रहेकोमा २०१६ को अन्त्यसम्ममा २ लाख ७७ हजार बढी रहेको छ । यसरी विद्यार्थीको संख्या बढेसँगै अवैधानिक काम गर्नेहरुको संख्यामा पनि वृद्धि भइरहेको छ ।

यसरी अवैधानिक काम गरेर कारवाहीमा पर्नेमा भियतनामी सबैभन्दा बढी रहेको समाचारमा उल्लेख छ । भियतनामी ६ सय ६४ र चीनिया २ सय ९० जना रहेको समाचारमा उल्लेख गरिएको छ । जापानमा रहेका विदेशी विद्यार्थीहरूकाे संख्या हरेक वर्ष बढ्दाे दर छ ।  २०१६ सम्म सबैभन्दा बढी चीनिया, दोस्रोमा भियतनामी र तेस्रोमा नेपाली परेका छन् । जापानमा हाल नेपाली विद्यार्थीहरूकाे कूल संख्या २२ हजार ९ सय ६७ जना रहेको छ भने त्यसमा ६ हजार १५ जना जापानी भाषा स्कुल पढ्ने विद्यार्थीहरु रहेका छन् ।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago