औंला पोलेर खाइन् श्रीमतीले श्रीमान को

श्रीमानको हातका औंला काटेर पोलेर खाएको अभियोगमा तुलसीपुर प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडानम्बर १ भम्के छोटे बस्ने ६४ वर्षीया रिसमी महतरालाई प्रहरीले पक्रेको हो ।

उनले गएराति आठ बजेतिर श्रीमान चन्द्रबहादुरको दायाँ हातका चार वटा औंला काटेर पोलेर खाएको उजुरी परेपछि पक्रेको तुलसीपुर प्रहरीले जनाएको छ । चन्द्रबहादुरलाई बिहीबार बिहान उपचारका लागि तुलसीपुर ल्याएपछि घटना सार्वजनिक भएको हो ।

राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार हुन नसकेपछि थप उपचारको लागि चन्द्रबहादुरलाई नेपालगञ्जतर्फ पठाइएको प्रहरीले जनाएको छ ।बुधबार राती मदिरा सेवन गरी घर आएका श्रीमानलाई समातेर उनले घरेलु हतियारले औंला काटिदिएकी थिइन् ।

आवेगमा आएर औंला काटिदिएको र पोलेर खाएको वयान उनले प्रहरीलाई दिएकी छन् । रिसमी चन्द्रबहादुरकी जेठी श्रीमती हुन् । चन्द्रबहादुरले ६ वटी श्रीमती बिहे गरेको तर जेठी श्रीमतीसँग बस्दै आएको स्थानीय बताउँछन् ।

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago