चुनावी परिणाले सेयर बजारमा प्रभाब

प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी परिणाको प्रभाव सेयर बजारमा देखिएको छ । चुनावी नतिजा अन्तिम चरणमा पुग्दा वामपन्थीको पक्षमा स्पष्ट बहुमत देखिएसँगै बुधबार सेयर बजार परिसूचक दोहोरो अंकले बढेको छ । बुधबार नेप्से १० दशमलव ५३ अंकले बढेको हो । बुधबार सूचक १५२० दशमलव ७४ अंक पुगेको छ ।
बुधबार बजारमा १ सय ६४ वटा कम्पनीको ४८ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ । जसमध्ये ग्लोबल आइएमइ बैंकको पाँच करोड ४० लाख रुपैयाँको करोबार भएको छ । उपसुचकहरु पनि उकालो लागेका छन् ।
बुधबार सबैभन्दा धेरै होटलको उपसुचक १ दशमलव ७८, उत्पादन उपसमुह १ दशमलव ३२, ट्रेडिङ १ दशमलव २३, अन्य १ दशमलव १८, माइक्रोफाइनान्स ०.८ प्रतिशतले बढेको छ । यसैगरी बीमा समुहको ० दशमलव ६७, वाणिज्य बैंक ० दशमलव ६३, हाइड्रोपावर ० दशमलव ४७, विकास बैंक ० दशमलव ३३, फाइनान्स ० दशमलव २६ प्रतिशतले बढेका छन् ।
सबैभन्दा धेरै कुवेर मर्चेन्ट फाइनान्सका शेयरधनीले ९ दशमलव ६३ प्रतिशत कमाएका छन् भने सबैभन्दा धैरै प्रोग्रेसिभ फाइनान्सका शेयर धनीले ३ दशमलव ९८ प्रतिशतले गुमाएका छन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago