उत्तर कोरिया ब्ल्याकमेल गर्दैछ’ अमेरिका माथि

अमेरीकी विदेश मन्त्री रेक्स टिलरसनले उत्तर कोरियासँग जुन सुकै समयमा पनि बिना सर्त वार्ता गर्न सकिने बताएका छन् । परमाणु र मिसाइल कार्यक्रम नरोकेसम्म वार्ता नगरिने अडानमा रहेको अमेरीका बिना सर्त वार्ता गर्ने अवस्थामा पुग्नुलाई उत्तर कोरियामाथिको अमेरीकी नीतिमा ठूलो परिवर्तनका रुपमा हेरिएको छ । पछिल्लो समयमा अमेरीका र उत्तर कोरियाबीच दुई कुरा भएका छन् । उत्तर कोरियाले परमाणु र मिसाइल कार्यक्रमलाई पूर्ण रुपमा बन्द गर्नु पर्ने पहिलो कूटनीतिक प्रयासको एकमात्र उदेश्य हुने गर्दथ्यो ।

तर अहिले उत्तर कोरियाको हतियार कार्यक्रम वैज्ञानिक र प्राविधिक रुपले गत एक वर्षमा अन्यन्तै विकसित भइसकेको छ । उत्तर कोरियाको हतियार कार्यक्रम पहिलेको तुलनामा अहिले बढी दूरीसम्म र अचूक ढंगबाट मार गर्न सक्दछ । अमेरीकाको पश्चिमी तट अब उत्तर कोरियाको मारक क्षमताको रेञ्जभित्र परेको छ । ट्रम्पको आक्रामक प्रस्तुति ले अमेरीका अहिले उत्तर कोरियाबिरुद्ध आक्रमण गर्न नसक्ने अवस्थमा पुगेको छ । युद्ध सुरु गरिए उत्तर कोरिया गुआम अथवा अलास्का जस्ता अमेरीकी क्षेत्रमा प्रत्याक्रमण गर्न सक्ने सम्भावना छ । यही कारण अमेरीकालाई बाध्य भएर यथार्थ स्वीकार गर्नु परिरहेको छ ।

त्यस्तै अमेरीकामाथि दक्षिण कोरियाका तर्फबाट राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरिया विरुद्ध आफ्नो आक्रामक प्रस्तुति परिवर्तन गर्नु पर्ने अत्यन्तै धेरै दबाव परेको छ । अमेरीका र उत्तर कोरियाबीच युद्ध सुरु भएको आधा घण्टाभित्रै राजधानी सोलमा लाखौैं नागरिक मारिने सक्ने दक्षिण कोरियाले अनुमान गरेको छ । यदि युद्ध सुरु भए दक्षिण कोरिया आफ्ना नागरिकलाई जोगाउन नसक्ने निश्चित छ । उत्तर कोरियाले आफ्नो रेञ्जमा रहेको दक्षिण कोरियाको राजधानी सोलमा प्योंगयांगबाट कयौं मिसाइलहरु प्रहार गर्न सक्दछ । यिनै दुई कारण अमेरीकी राष्ट्रपति रेक्स टिलरसनले उत्तर कोरियासँग निःशर्त वार्ता सुरु गर्न चाहेका हुन् ।

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago