बाबुरामसँगको सहकार्य तोड्ने तयारी

नयाँ शक्ति नेपालकी नेतृ एवम् नायिका करिश्मा मानन्धरको सांसद बन्ने सपना अधुरो रहने भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा (११) र (१२) मा थ्रेसहोल्डको व्यवस्था गरिएको कारण मानन्धरको सपाना साकार नहुने भएको हो ।
उक्त संवैधानिक प्रावधानमा निर्वाचनमा ३ प्रतिशत मत नल्याउने पार्टीलाई राष्ट्रिय मान्यता नदिने उल्लेख छ । यसै संवैधानीक व्यवस्थाका कारण नायिका मानन्धर संलग्न दल नयाँ शक्ति नेपाल राष्ट्रिय पार्टी नबन्ने लगभग पक्का भएको छ ।

प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ कुल सदर मतको ३ प्रतिशत मत ल्याउनुपर्ने कानुनी व्यवस्था रहेकोले करिश्मा मानन्धरले सांसद बन्नको लागि गरेको कसरत असफल बनेको छ । नयाँ शक्तिले बुझाएको समानुपातिकतर्फको बन्द सूचिमा उनको नाम पहिलो नम्बरमा छ ।

प्रतिनिधिसभा सदस्यमा गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई विजयी भएका छन् । उनको जितले प्रत्यक्षतर्फ एक सिट ल्याउनुपर्ने कानुनी व्यवस्थालाई पार गरेपछि समानुपातिक तर्फ ३ प्रतिशत मत नआउँने देखिएकाले पनि करिश्मा सांसद नबन्ने भएकी हुन ।

बाबुरामको जितसँगै हौसियकी नायिका मानन्धर पछिल्लो समय सांसद बन्नको लागि गृहकार्य थालिसकेकी थिईन । आफू संलग्न पार्टीले नै थ्रेस होल्ड पार गर्न नसकेपछि उनको सपना अधूरो नै रहने पक्का भएको छ । सांसद बन्न नपाएपछि उनले अब बाबुरामसँगको सहकार्य तोड्ने समेत तयारी गरेको स्रोतको दाबी छ ।

बाबुरामसँगको सहकार्य तोड्ने समेत तयारी

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago