बाबुरामसँगको सहकार्य तोड्ने तयारी

नयाँ शक्ति नेपालकी नेतृ एवम् नायिका करिश्मा मानन्धरको सांसद बन्ने सपना अधुरो रहने भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा (११) र (१२) मा थ्रेसहोल्डको व्यवस्था गरिएको कारण मानन्धरको सपाना साकार नहुने भएको हो ।
उक्त संवैधानिक प्रावधानमा निर्वाचनमा ३ प्रतिशत मत नल्याउने पार्टीलाई राष्ट्रिय मान्यता नदिने उल्लेख छ । यसै संवैधानीक व्यवस्थाका कारण नायिका मानन्धर संलग्न दल नयाँ शक्ति नेपाल राष्ट्रिय पार्टी नबन्ने लगभग पक्का भएको छ ।

प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ कुल सदर मतको ३ प्रतिशत मत ल्याउनुपर्ने कानुनी व्यवस्था रहेकोले करिश्मा मानन्धरले सांसद बन्नको लागि गरेको कसरत असफल बनेको छ । नयाँ शक्तिले बुझाएको समानुपातिकतर्फको बन्द सूचिमा उनको नाम पहिलो नम्बरमा छ ।

प्रतिनिधिसभा सदस्यमा गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई विजयी भएका छन् । उनको जितले प्रत्यक्षतर्फ एक सिट ल्याउनुपर्ने कानुनी व्यवस्थालाई पार गरेपछि समानुपातिक तर्फ ३ प्रतिशत मत नआउँने देखिएकाले पनि करिश्मा सांसद नबन्ने भएकी हुन ।

बाबुरामको जितसँगै हौसियकी नायिका मानन्धर पछिल्लो समय सांसद बन्नको लागि गृहकार्य थालिसकेकी थिईन । आफू संलग्न पार्टीले नै थ्रेस होल्ड पार गर्न नसकेपछि उनको सपना अधूरो नै रहने पक्का भएको छ । सांसद बन्न नपाएपछि उनले अब बाबुरामसँगको सहकार्य तोड्ने समेत तयारी गरेको स्रोतको दाबी छ ।

बाबुरामसँगको सहकार्य तोड्ने समेत तयारी

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago