सन २०२० सम्म ३ लाख विदेशी विद्यार्थी भित्र्याउने जापान सरकारको योजना

टोकियो  जापान सरकारले सन २०२० सम्म ३ लाख विदेशी विद्यार्थी भित्र्याउने जापान सरकारको योजनाले गर्दा जापानमा जापानी भाषाका विद्यालयहरुको संख्या बढ्दै गएको छ ।
जापानी संञ्चार माध्यम एनएचकेले गरेको एक सर्वेक्षण अनुसार हाल जापानमा रहेका जम्मा ६ सय ४३ वटा भाषा विद्यालयमध्ये गतवर्षमा ८० वटा र पाँच वर्ष यता २ सय ६ वटा नयाँ विद्यालय खोलिएको जनाइएको छ । सर्वेक्षण पाँचवर्ष यता खुलेका १ सय ८० विद्यालयमा गरिएको थियो ।

जापानमा सञ्चालन गर्न खोलिएका उद्योगमध्ये आधाजति शिक्षा क्षेत्रका र अन्य रियल स्टेट, अस्थायी कर्मचारी व्यवस्थापन, हेरचाह सेन्टर रहेको सर्वेक्षणले देखाएको छ ।
हेरचाह सेन्टरका एक प्रमुखका अनुसार विदेशी विद्यार्थीहरुले जापानको व्यवसायलाई सुनिश्चित गरेको र दीर्घकालिन श्रमशक्तिका रुपमा विदेशी विद्याार्थीहरुलाई लिने आशा समेत जापानको औद्योगिक क्षेत्रले गरेको छ ।

कोबे विश्वविद्यालयका सह प्राध्यापक योशिहिसा साइतोले जापानको श्रमशक्ति कमी छ र जापानले विदेशी विद्यार्थीहरुबाट उक्त कमीलाई पूर्ति गर्ने सोचमा छ । उनले भने–सरकारले यस्तो परिस्थितिमा काम गर्ने ठाउँहरुको अवस्थालार्ई बुझ्न सक्नुपर्छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago