समाजमा छोरीप्रतिको नकारात्मक धारणा परिवर्तन गर्न र महिला तथा लैंगिक हिंसा कम गर्न रुपन्देहीका ग्रामीण क्षेत्रका पिछडिएका गाउँपालिकाका जनप्रतिनिधिले उदाहरणीय कामको थालनी गरेका छन्।
रुपन्देहीको ओमसतिया गाउँपालिकामा करिब ३७ हजार जनसंख्या छ। महिलाको संख्या पुरुषभन्दा बढी छ। यो मधेसी समुदायको बाहुल्य रहेको र खुला सीमा भएको क्षेत्र हो। जिल्लाका साबिक हाटी फर्साटिकर, वसन्तपुर, पड्सरी, छोटकीरामनगर र पट्खौली गाविस जोडेर ओमसतिया गाउँपालिका बनेको हो। यहाँका कैयौँ समुदायमा अहिले पनि बालविवाह कायम छ। गाउँपालिकाका अध्यक्ष हीरा केवट (राहुल) गाउँमा कुनै कार्यक्रममा पुग्दा स्थानीयवासी कुनै महिलाले परिवारमा आइपरेका पीडा सुनाउँदा छोरीप्रतिको श्रद्धा जगाउने गर्छन्। छोरीलाई जन्मिने बित्तिकै सम्मान जाग्ने खालको काम गर्ने शोचमा उहाँ र गाउँपालिकाको टिमको थियो। त्यसैले गाउँपालिकाको पहिलो परिषद्ले जन्म दर्ता गराउन आउनेबित्तिकै छोरीका नाममा रु २० हजार बैंकमा जम्मा गराउने निर्णय गर्यो। गाउँपालिकामा निर्वाचित भएको मितिका आधारमा सोही दिनदेखि जन्मिएका कुनै पनि समुदायका छोरीका नाममा बैंकमा रु २० हजार २० वर्षका लागि राख्ने गरी कार्यविधि गाउँपालिकाले बनायो। अहिले नाबालिका रहेकी छोरी वयस्क अर्थात् २० वर्षकी हुँदा बैंकमा जम्मा भएको रकमको ब्याजसहित जोड्दा झन्डै रु ३ लाख पुग्छ। सो कार्यका लागि रु एक करोड २१ लाख गाउँपरिषद्बाट विनियोजन भइसकेको छ। सोही गाउँपालिकामा रहेको साना किसान कृषि सहकारीसँग सम्झौताको प्रक्रिया अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष केवटले बताए। नेपाल भारत सीमा क्षेत्र भएकाले वारिपारी बिहेबारीको सम्बन्ध छ। अध्यक्ष केवटले भने, ‘छोरीप्रतिको समुदायको धारणा र भावना परिवर्तन गर्नका लागि केही न केही रचनात्मक काम गर्नैपर्ने ठानेर यस्तो निर्णय गरेका हौँ।यस्तै निर्णय सियारी गाउँपालिकाले पनि गरेको छ। गाउँपालिकाको गत साउनमा बसेको परिषद् बैठकले जन्मिनेबित्तिकै छोरीको जीवन बीमा गर्ने निर्णय गरेको सो गाउँपालिकाकी उपाध्यक्ष अमृता गुरुङले बताइन्। सो गाउँपालिकाको करिब ३८ हजार जनसंख्या छ। महिलाको संख्या पुरुषको भन्दा बढी छ। उक्त गाउँपालिका साविकका चिल्हिया, मैनहिया, हर्नैया, दयानगर र पश्चिम अमुवा गाविस मिलेर बनेको हो। गाउँपालिकाका प्राविधिक किरण क्षेत्रीले बीमा योजना र बीमा कम्पनीसित सम्झौताको प्रक्रिया अगाडि बढेकाले चाँडै टुंगोमा पुर्याइने उनले बताइन्। गाउँपालिकाको निर्णयले बालविवाह रोक्नेदेखि लैंगिक हिंसा कम गर्न मद्दत पुग्ने ओमसतिया गाउँपालिकाका स्थानीय जगदिश खरबिन्द बताउँछन्। गाउँपालिकाले २० वर्षभन्दा कम उमेरमा विवाह गरेर जाने वा आफै भाग्ने कुनै पनि छोरीका लागि भने उक्त रकम दिन नमिल्ने गरी कार्यविधि बनाइरहेको छ। गाउँपालिकाले विपन्न समुदायका लागि समेत औषधोपचारमा प्रतिव्यक्ति रु १५ हजारसम्म सहयोग उपलब्ध गराउन थालेको छ।
|
|
|
बिर्तामोड । बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…