एक महिनाको अबधिमा १२ जनाको मृत्यु

भाइरल ज्वरोका कारण एक महिनाको अबधिमा १२ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । छायाँनाथ नगरपालिका, खत्याड र सोरु गाउँपालिकाका केही बस्तीमा कडा भाइरल ज्वरो फैलिएको छ । घरघरै बिरामी थला परेका छन् ।

भाइरल ज्वरोबाटै यो साता रिघा गाउँका ६५ बर्षीय बिउरासर पाण्डे, ४४ बर्षीय बिष्णु जैसीर ७५ बर्षीय ऋषिसन्न उपाध्याय र सुकाढिक गाउँकी ५५ बर्षीय पूर्वा कार्कीको मृत्यु भएको छ । कार्तिक दोस्रो सातादेखि अन्तिमसम्म सेरी साटबाड गाउँका ५९ बर्षीय सिहबहादुर बुढा, खमाले कवाकी ४२ बर्षीय मागी रोकाया, पैखुगाउँका ५६ बर्षीय धनसिंह थापा र ६५ बर्षीय दलसुर थापाको मृत्यु भएको थियो । मंसिर पहिलो साता छायाँनाथ रारा नगरपालिकास्थित श्रीनगर गाउँकी ६५ बर्षीया कलादेबि मल्ल, इमा गाउँका ७५ बर्षीय बउदे खडा, ढुम गाउँकी ७२ बर्षीय लालशोभा बुढा र जउमति सेजुवालको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले पुष्टि गरेको छ । कार्यालयका अनुसार सोरु गाउँपालिकाको नार्थपु जडेपानी गाउँका ६२ बर्षीय छत्तबहादुर मल्ल, फोतु लिब्रु गाउँकी ७० बर्षीय फुल्ती बुढा र ६० बर्षीय हरिनी दमाईको भाइरल ज्वरोले ज्यान गएको हो ।

नगरपालिकाको करिव तीन सय घरधुरी रहेको भामबाडा गाउँमा पनि अधिकांश घरमा बिरामी छन् । कडा ज्वरो आउने, टाउको दुख्ने, घाँटी पाक्ने, पेट दुख्ने, रिगंटा लाग्ने, बान्ता आउने, खाना खान मन नलाग्ने जस्ता लक्षण बिरामीमा देखिने गरेका छन् । अधिकांशको उपचार अभावमा ज्यान गएको हो ।

भाइरल ज्वरो फैलिएका क्षेत्रमा स्वास्थ्य केन्द्र भएपनि औषधि नभएको स्वास्थ्यकर्मीको भनाइ छ । भाइरल ज्वरोले सबैभन्दा बृद्धबृद्धालाई असर गरेको कार्यालयले जनाएको छ ।

भाइरल ज्वरो नियन्त्रणका लागि जिल्ला अस्पतालबाट अहेव ज्ञानसिह बुढासहितको स्वास्थ्यकर्मीको टोली औषधिसहित  प्रभावित क्षेत्रमा खटिएको निमित्त प्रमुख जिल्ला अधिकारी मोहन केसीले जानकारी दिए । मौसम परिर्वतनसंगैको चिसो, फोहर वातावरण, दुषित खाना र पानीका कारण भाइरल ज्वरो फैलिएको चिकित्सकको भनाई छ ।

जिल्लामा महामारी नियन्त्रणका लागि निकासा भएको दुई लाख रकमको औषधि खरिद गरि प्रभावित क्षेत्रमा पठाइएको निमित्त जिल्ला स्वास्थ्य अधिकृत धनप्रसाद शर्माले बताए ।

 

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago