शिव श्री हाइड्रोपावर लिमिटेडले ३५ करोड रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाको लागि १४ करोड रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको हो । कम्पनीले सिन्धुपालचोकमा २२.२ मेगावाटको माथिल्लो चाकु हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट निर्माण गरिरहेको छ । आयोजना फुलपिङकटि र मारमाङ गाविसमा अवस्थित छ । कम्पनीले निर्माण गरिरहेको आयोजनाको निर्माण अवधि केही लम्बिएको छ । ३ वर्षभन्दा अघि गएको जुरे पहिरोको कारण पनि निर्माणमा ढिलाई भएको हो । प्रतिमेगावाट १३ करोड ६० लाख अनुमान गरिएको आयोजनाको लागत १८ करोड २० लाख पुगेको छ । यही कारण आयोजनाको उत्पादन पहिले तोकिएको मिति भन्दा ४ वर्ष ढिला हुने भएको छ । दुई महिना अघि आयोजनाको लगभग ८५ भौतिक पुर्वाधारको काम सकिएको छ ।
फागुनसम्ममा विद्युत उत्पादन गर्ने लक्ष्य भएपनि त्यो सम्भावना कम देखिएको छ । कम्पनीले १ हजार १ सय मिटर पेनस्टक निर्माण गर्न र ५ सय ५० मिटर (२० प्रतिशत) टनेल निर्माण हुन बाँकी रहेकोले लगभग जेठसम्ममा निर्माण सकिने अनुमान इक्रा नेपालले गरेको छ । इक्रा नेपालले कम्पनीको सेयरलाई ग्रेड फोर रेटिङ दिएको छ । यसले कम्पनीको आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्छ । ४ अर्ब रुपैयाँ निर्माण लागत लाग्ने देखिएको आयोजनाबाट प्रतिफल पाउने सम्भावना कमजोर रहेको छ । कम्पनीले आयोजना निर्माणको लागि ६६ प्रतिशत लगानी ऋणबाट जोहो गर्ने भएको हो ।
उत्पादित विद्युतको लागि प्रसारण लाइन उपलब्ध रहेको छ । आयोजनाको अवधि ३० वर्षको रहेको भएपनि लगभग कम्पनीसँग २९ वर्षको अवधि बाँकी रहेको छ । कम्पनीमा ७ जना संस्थागत सहित ६७ जना संस्थापक लगानीकर्ता रहेका छन् । कम्पनीमा यति ट्रेडर्स एण्ड डेभलपरको २४ प्रतिशत, बैधिक हाइड्रो इन्भेष्टमेन्टको ११ प्रतिशत, ग्राण्डे होल्डिङ्सको ८ प्रतिशत, स्यामबहादुर श्रेष्ठको ७ प्रतिशत, उमेश कसजु, विष्णु बहादुर खत्री र बच्चु पौडेलको ६ प्रतिशतको दरमा सेयर स्वामित्व रहेको छ ।
बिर्तामोड । बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…