आइफोन एक्सको गज्जबका फिचर्स

बजारमा अायो ‘आइफोन एक्स’, यी हुन् गज्जबका फिचर्स

एप्पलको बहुप्रतिक्षित आइफोन एक्स शुक्रबारदेखि विश्व बजारमा आइपुगेको छ । उपभोक्ताहरु आइफोन एक्स प्राप्त गर्नका लागि घन्टौंसम्म एप्पल स्टोर बाहिर लाइन लागेका समाचार आइरहेका छन् विभिन्न देशहरुबाट ।

एप्पलको आइफोन एक्समा केही यस्ता फिचरहरु छन् जो नितान्त नयाँ हुनुका साथै प्रयोगकर्ताहरुलाई नयाँ अनुभव दिलाउने खालका छन् । आइफोन एक्सका सबैभन्दा उत्कृष्ट ६ फिचर्स यी हुन्:

फेस आइडी: आइफोन एक्समा एप्पलले होम बटन हटाएको छ । अब होम बटनको साटो फेस आइडी नामक फेसियल रिकग्निसन प्रविधि प्रयोग गरी प्रयोगकर्ताले फोन अनलक गर्न सक्नेछन् ।

एनिमोजी: एप्पलको नयाँ एनिमोजी फिचर अन्तरगत आइफोन प्रयोगकर्ताले आफ्नो मुहार अनुसारको इमोजी तयार पार्न सक्नेछन् । यो साँच्चीकै रोचक हुनेछ । यो एप्पलको मेसेज एपमा प्रि इन्स्टल्ड हुनेछ । यो फिचर यति रोचक हुनेछ की यसले आइफोन प्रयोगकर्तालाई लतमै फसाइदिनेवाला छ ।

 

फेस आइडी: आइफोन एक्समा एप्पलले होम बटन हटाएको छ । अब होम बटनको साटो फेस आइडी नामक फेसियल रिकग्निसन प्रविधि प्रयोग गरी प्रयोगकर्ताले फोन अनलक गर्न सक्नेछन् ।

उत्कृष्ट सेल्फी: आइफोन एक्समा १२ मेगापिक्सेलको डुअल मुख्य क्यामरा तथा ७ मेगापिक्सेलको सेल्फी क्यामरा हुनेछ । सेल्फी क्यामरामा पोट्रेट मोड हुनेछ, जसबाट फोटोको ब्याकग्राउण्ड ब्लर गरेर स्टुडियोमै जस्तो उत्कृष्ट सेल्फी खिच्न सकिनेछ ।

एनिमोजी: एप्पलको नयाँ एनिमोजी फिचर अन्तरगत आइफोन प्रयोगकर्ताले आफ्नो मुहार अनुसारको इमोजी तयार पार्न सक्नेछन् । यो साँच्चीकै रोचक हुनेछ । यो एप्पलको मेसेज एपमा प्रि इन्स्टल्ड हुनेछ । यो फिचर यति रोचक हुनेछ की यसले आइफोन प्रयोगकर्तालाई लतमै फसाइदिनेवाला छ ।

नयाँ धून: दुनियाका ७० करोड आइफोन प्रयोगकर्ताको आइफोनमा अहिलेसम्म बज्ने क्लासिक मारिम्बा रिङ्गटोन अब दिक्कलाग्दो बनिसक्यो । त्यसैले आइफोन एक्समा नयाँ रिङ्गटोन रहेको छ । यो रिङ्गटोनको नाम हो रेफ्लेक्सन ।

भिडियो: आइफोन एक्समा नयाँ ओएलइडी डिस्प्ले रहेको छ । आइफोनका अनुसार यो अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट ओएलइडी डिस्प्ले हो । जसका कारण आइफोनमा भिडियोहरु निकै उत्कृष्ट गुणस्तरमा देखिनेछन्, चम्किलो तथा सार्प इमेजका साथ । साथै साउण्ड क्वालिटी पनि अब्बल रहेको छ किनकी स्टेरियो स्पिकरहरु ग्लास स्क्रिनको भित्रपट्टि लुकाइएको छ ।

अग्मेन्टेड रियालिटी एप: आइफोन एक्समा एआरकिट फिचर रहेको छ । जसका कारण आइफोन एक्स अग्मेन्टेड रियालिटीयुक्त उत्कृष्ट स्मार्टफोन बनेको छ । यो फिचरका कारण प्रयोगकर्ताहरु आफ्नो आइफोनमा विभिन्न भर्चुअल रियालिटी गेमहरुको अनुभव प्राप्त गर्न सक्नेछन् ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago