संसारकै धनी बेजोस अतृप्त रहने। अध्ययन, अनुसन्धान र आविष्कारमा कहिल्यै पछि नपर्ने।

फोर्ब्स पत्रिकाले गत जुलाई २७ तारिखको रात विश्वका धनी व्यक्तिको सूची सार्वजनिक गर्‍यो। चार वर्षदेखि लगातार अग्रस्थानमा रहँदै आएका बिल गेट्स दोस्रोमा झरे। उनलाई उछिनेरजेफ बेजोस संसारकै धनी बन्न सफल भए।

सर्वाधिक धनीको कुर्सीमा उनी आधा रात पनि टिक्न सकेनन्।बेजोस त्यति भाग्यमानी ठहरिएनन्।

बेजोसलाई ‘संसारकै धनी’ का रूपमा पाएर सुतेकाहरू बिहान उठ्दासम्म त्यो कुर्सीमा गेट्स नै फर्किसकेका थिए।

यो घटनाको ठीक तीन महिनापछि गत शुक्रबार फोर्ब्सले अर्को सूची सार्वजनिक गर्‍यो, जसमा गेट्स फेरि पछि परे। उनलाई उछिन्ने अरू कोही होइन, उनै बेजोस थिए।

अघिल्लोचोटि पाँच घन्टा संसारकै धनी भएका बेजोस फेरि पनि त्योभन्दा बढी टिक्न नसक्ने धेरैको अड्कलबाजी रह्यो।

यसपालि भने बेजोस भाग्यमानी ठहरिए।

सबैको आकलन गलत सावित गर्दै उनी लगातार चार दिनदेखि संसारकै धनी छन्। र, यसपालि उनी यो स्थानमा टिकेर बस्ने विश्लेषण गरिएको छ।

गत जुलाईमा बेजोसको सम्पत्ति गेट्सको भन्दा २ करोड डलर मात्र बढी थियो। यसपालि ५ अर्ब डलर बढी छ। यति फराकिलो अन्तरमा तुरुन्तै बेजोसलाई पछ्याउन गाह्रै हुन विश्लेषकहरूको भनाइ छ।

अन्तर्राष्ट्रिय वित्तीय समाचार संस्था ‘ब्लुमबर्ग’ का अनुसार गत शुक्रबार बेजोसको अनलाइन रिटेलर कम्पनी अमेजन इंकको सेयर १३.२ प्रतिशत बढ्यो। यसले उनको स्वामित्वमा रहेको सम्पत्तिको मूल्य १० अर्ब २० करोड डलर वृद्धि भएको छ। यो वृद्धि जारी रहेको र सोमबारसम्म बेजोसको कुल सम्पत्ति ९३ अर्ब ८० करोड डलर पुगेको ब्लुमबर्गले जनाएको छ।

धनाढ्य सूचीमा लामो समय अगाडि रहेका गेट्सलाई पछि पार्ने बेजोसको यात्रा भने लामो छैन। उनी सन् २०१६ मा एकैपटक विश्वका पाँचौं धनी बन्न सफल भएका थिए। यो वर्ष तेस्रो स्थानमा पुगेका थिए।

अमेजनलाई विश्वकै ठूलो कम्पनी बनाएपछि धेरैले बेजोससँग सोधेका छन्,। तपाईंको सफलताको सूत्र के हो?’

बेजोस सफलताका आधारहरु के के हुन्  र उहाँले कसरी सफलता प्राप्त प्राप्त गर्नुभयो,बेजोसका रोचक प्रसङ्ग तल  प्रस्तुत गरिएको छ।

१.दीर्घकालीन कदम चाल्नु।

२.आफ्नो रहर मेटाउन जुन बाटो रोज्नु त्यहि बाटोमा रमाउनु  र त्यही बाटोलाई गर्व गर्नु।

३.आफ्नो नियम आफैं बनाउनुहोस्।

४.ठूलो समूहको काम कम उत्पादनमूलक हुन्छ भन्ने बेजोसको मान्यता ।

५.भविष्य उजागर गर्नुछ भने आज ओझेलमा पर्ने निर्णय गर्न नडराउनुहोस्।

६.उनको काम गर्ने अर्को तरिका अतृप्त रहने। अध्ययन, अनुसन्धान र आविष्कारमा कहिल्यै पछि नपर्ने।

७.अत्यधिक कामको चाप र समयसीमाका बाबजुद उनी निद्रा मार्दैनन् उनी दिनको आठ घन्टा सुत्छन्।

८. काम र व्यक्तिगत जीवनबीच सन्तुलन नभए सफलताको सिँढी उक्लन गाह्रो हुने बेजोसको विश्वास छ।

९.बेजोसको अर्को अनौठो बानी पनि छ– उनी घरमा रातको खानापछि आफैं भाँडा सफा गर्दछन 

 

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago