१४औँ राष्ट्रिय ज्यापू दिवस समारोहलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्दै

राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाको मौलिक संस्कृतिको परिचायकका रुपमा रहेको नेवाः संस्कृतिको सम्बद्र्धन र संरक्षणका लागि सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभएको छ ।
ज्यापू संस्कृति विकास कोषले यहाँ आज आयोजना गरेको १४औँ राष्ट्रिय ज्यापू दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालको मौलिक संस्कृतिको संरक्षकका रुपमा रहेका ज्यापू समुदाय परिश्रमी रहेको बताउनुभयो ।उहाँले भन्नुभयो, “कला, संस्कृति र भाषामा एकदमै धनी रहेका ज्यापू समुदायको कला, संस्कृति एवं भाषाको संरक्षणका लागि सबैको सहयोग र सद्भाव जरुरी छ ।”

भूकम्पका कारण क्षतिग्रस्त भएका काठमाडौँ उपत्यकाको सांस्कृतिक धरोहरको संरक्षण र पुनःनिर्माण गर्ने अभियानमा नेवार र विशेष गरी ज्यापू समुदाय सफल हुने राष्ट्रपति भण्डारीले विश्वास व्यक्त गर्नुभयो ।आधुनिकीकरणले नेपालको मौलिक कलासंस्कृति क्रमशः छायामा परेको हो कि भन्ने आशंका पैदा भएको भन्दै राष्ट्रपति भण्डारीले भाषा, रीतिथितिको जर्गेनामा कुनै पनि कञ्जुस्याइँ नगर्न आग्रह गर्नुभयो ।

स्थानीय तहको निर्वाचन सकिएलगत्तै पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको र दोस्रो चरणको निर्वाचन यही मंसिर २१ गते शान्तिपूर्ण रुपले सम्पन्न हुने विश्वास व्यक्त गर्दै राष्ट्रपति भण्डारीले अब मुलुक राजनीतिक स्थायित्वसहित आर्थिक विकासको चरणको प्रवेश गर्ने सर्वत्र महसुस गरिएको छ भन्नुभयो ।कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ उपत्यकाको कलासंस्कृति र भाषाको संरक्षणका लागि महानगरले अभियान नै शुरु गरिसकेको बताउनुभयो ।

नेपाली काँग्रेसका नेता तीर्थराम डंगोलले नेवार समुदाय कृषि, कला र संस्कृतिका धनी जाति भएको धारणा राख्नुभयो ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले मूर्तिकार रवीन्द्र ज्यापूलाई ज्यापू रत्न, फणिन्द्ररत्न बज्राचार्यलाई भाषा, संस्कृति सम्मान र नातिकाजी महर्जनलाई शिक्षा सम्मान प्रदान गर्नुभएको थियो ।
राष्ट्रिय ज्यापू दिवस मूल समारोह समितिका संयोजक मंगलकृष्ण महर्जनले नेपाली मौलिक पहिचानसँग जोडिएको नेवारी संस्कृतिको जर्गेनाको रक्षाका लागि सबैको सहयोग जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा ज्यापू समुदायको संस्कृतिसँग जोडिएको मौलिक कलाको प्रदर्शनी, परम्परागत धिमे बाजा र यःमरीकोसमेत प्रदर्शनी गरिएको थियो । विसं २०६१ देखि ज्यापू दिवस मनाउन थालिएको हो ।राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाको मौलिक संस्कृतिको परिचायकका रुपमा रहेको नेवाः संस्कृतिको सम्बद्र्धन र संरक्षणका लागि सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभएको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago