१४औँ राष्ट्रिय ज्यापू दिवस समारोहलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्दै

राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाको मौलिक संस्कृतिको परिचायकका रुपमा रहेको नेवाः संस्कृतिको सम्बद्र्धन र संरक्षणका लागि सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभएको छ ।
ज्यापू संस्कृति विकास कोषले यहाँ आज आयोजना गरेको १४औँ राष्ट्रिय ज्यापू दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालको मौलिक संस्कृतिको संरक्षकका रुपमा रहेका ज्यापू समुदाय परिश्रमी रहेको बताउनुभयो ।उहाँले भन्नुभयो, “कला, संस्कृति र भाषामा एकदमै धनी रहेका ज्यापू समुदायको कला, संस्कृति एवं भाषाको संरक्षणका लागि सबैको सहयोग र सद्भाव जरुरी छ ।”

भूकम्पका कारण क्षतिग्रस्त भएका काठमाडौँ उपत्यकाको सांस्कृतिक धरोहरको संरक्षण र पुनःनिर्माण गर्ने अभियानमा नेवार र विशेष गरी ज्यापू समुदाय सफल हुने राष्ट्रपति भण्डारीले विश्वास व्यक्त गर्नुभयो ।आधुनिकीकरणले नेपालको मौलिक कलासंस्कृति क्रमशः छायामा परेको हो कि भन्ने आशंका पैदा भएको भन्दै राष्ट्रपति भण्डारीले भाषा, रीतिथितिको जर्गेनामा कुनै पनि कञ्जुस्याइँ नगर्न आग्रह गर्नुभयो ।

स्थानीय तहको निर्वाचन सकिएलगत्तै पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको र दोस्रो चरणको निर्वाचन यही मंसिर २१ गते शान्तिपूर्ण रुपले सम्पन्न हुने विश्वास व्यक्त गर्दै राष्ट्रपति भण्डारीले अब मुलुक राजनीतिक स्थायित्वसहित आर्थिक विकासको चरणको प्रवेश गर्ने सर्वत्र महसुस गरिएको छ भन्नुभयो ।कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ उपत्यकाको कलासंस्कृति र भाषाको संरक्षणका लागि महानगरले अभियान नै शुरु गरिसकेको बताउनुभयो ।

नेपाली काँग्रेसका नेता तीर्थराम डंगोलले नेवार समुदाय कृषि, कला र संस्कृतिका धनी जाति भएको धारणा राख्नुभयो ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले मूर्तिकार रवीन्द्र ज्यापूलाई ज्यापू रत्न, फणिन्द्ररत्न बज्राचार्यलाई भाषा, संस्कृति सम्मान र नातिकाजी महर्जनलाई शिक्षा सम्मान प्रदान गर्नुभएको थियो ।
राष्ट्रिय ज्यापू दिवस मूल समारोह समितिका संयोजक मंगलकृष्ण महर्जनले नेपाली मौलिक पहिचानसँग जोडिएको नेवारी संस्कृतिको जर्गेनाको रक्षाका लागि सबैको सहयोग जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा ज्यापू समुदायको संस्कृतिसँग जोडिएको मौलिक कलाको प्रदर्शनी, परम्परागत धिमे बाजा र यःमरीकोसमेत प्रदर्शनी गरिएको थियो । विसं २०६१ देखि ज्यापू दिवस मनाउन थालिएको हो ।राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाको मौलिक संस्कृतिको परिचायकका रुपमा रहेको नेवाः संस्कृतिको सम्बद्र्धन र संरक्षणका लागि सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभएको छ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago