Categories: समाचार

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पिडीतहरुसंग सम्झौतापत्रमा हस्ताक्षर

चितवनको माडीस्थित वादरमुढे पिडीतहरुसंग नेकपा माओवादी केन्द्रले सम्झौता गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पिडीतहरुसंग आज चितवनको माडीमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।आज माडीमा आयोजित सभामा जाने क्रममा माडी नगरपालिकाको रोहवरमा नगरपालिकामै माओवादी अध्यक्ष प्रचण्डले पिडीत २९ जनाका विचमा ३ वुदे सम्झौता भएको हो । सम्झौतामा मृतकका आश्रित परिवारलाई अवस्था हेरी का मगर्न सक्नेलाई रोजगारी,नसक्नेका लागि जीवनवृति,वालवालिकाको पठनपाठनको व्यवस्था गर्ने पहिलो वुदामा उल्लेख गरिएको छ । त्यस्तै घाइतेको औषधी उपचारको व्यवस्था गर्ने र का मगर्न सक्नेलाई रोजगारी र नसक्नेलाई जीवनवृतिको व्यवस्था गर्ने सम्झौता गरिएको छ ।
त्यसैगरी तेस्रो वुदामा घटनामा ज्यान गुमाएकाको सम्झनामा कम्तीमा पनि १० विगाहा क्षेत्रमा पार्क वनाउने र त्यसलाई युद्ध पर्यटनका रुपमा विकास गर्ने आज गरिएको सम्झौतामा उल्लेख गरिएको छ ।

सम्झौतापत्रमा माओवादी केन्द्रका तर्फवाट माओवादी अध्यक्ष प्रचण्ड र पिडीतहरुको तर्फवाट विकास लामिछाने,कृण्ण तिवारी,कृष्ण आचार्य,हरी न्यूरे(सुदिप),मंगली पुनले सम्झौता गरेका छन् ।सम्झौतापछि पीडितहरुलाई माओवादी अध्यक्ष प्रचण्डले सम्झौता पूर्णरुपमा पालना हुनेमा विश्वास दिलाएका थिए । पिडीत हरी न्यूरे(सुदिप र विकास लामिछानेले जसले घटना गराएको हो उसैवाट मात्रै मल्हम खोज्दै आफुहरुले सम्झौता गरेको र पालना हुनेमा पूर्ण विश्वस्त रहेको प्रतिकृया दिएका छन् ।
सम्झौता गदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पिडितहरुसगँ भएको सम्झौता पुर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै उनले केहि तत्व अझै पनि खेल्न सक्ने भन्दै अब पिडित र आफुहरु मिलेर सहकार्य गर्ने बताए । घटनालाई अतिरन्जीत गर्ने तत्वहरुको एकजुट भए सामना गर्ने उद्घोष पनि गरेका थिए ।अध्यक्ष प्रचण्डलाई स्वागत गर्दै पीड़ितहरूले बादरमुढेको नाममा धेरैले राजनीति गरेको बताए । “पीड़ितहरूमाथि र केही पीड़ितहरूले पनि अरु पीड़ितहरूमाथि थप पीड़ा थोपरेकोले अब आफ्ना समस्याको हल द्वेस र द्वन्दबाट नभइ प्रचण्डको पहलबाट मात्र संभव हुने निर्क्यौलमा पुगेर प्रचण्डको स्वागत गर्न आएका हौ ।” स्वागतपछि अध्यक्ष प्रचण्डसँग ऊनीहरूले भने ।

यसअघि पनि प्रचण्डले माडीमा ६० लाखको राहत प्याकेज घोषणा गरेका थिए तर कार्यान्वयनमा आउन सकेको थिएन् । दुई साता अघि मात्रै प्रचण्डले बादरमुढे स्मारकमा आफै एकाबिहानै पुगेर माल्यार्पण गरेका थिए । यो जनयुद्धको सबैभन्दा ठुलो भुल भएको स्वीकार समेत गर्दै आएका थिए ।

Comments
Sanjay poudyal

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago