कोकोरो इन्टरटेन्टमेन्टले “तीज फेस्टिवल” गर्दै ।

२०८०, २९ श्रावण सोमबार ११:१३

जापान । हिन्दू धर्मावलम्बी नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा कोकोरो इन्टरटेन्टमेन्टको आयोजनामा योकोहामाको हिगासी कानागावाको कानक हलमा “तीज फेस्टिवल” हुने भएको छ ।

विभिन्न कारणबाट विदेशमा रहेको भएपनि नेपाल अनि नेपालीहरूको धर्म, कला, संस्कृति अनि रितिरिवाजलाई जगेर्ना गर्ने उद्देश्यका साथ आउँदो सेम्टेम्बर १८ तारिक (असोज १ गते) सोमबारका हरितालिका तीजको दिनमा नै तीज फेस्टिवलको आयोजना गरिएको कोकोरोका संचालक प्रेमप्रसाद कँडेलले जानकारी दिए ।

 “हामीले यो पटकको तीज फेस्टिवललाई साँगीतिक विशेषका रूपमा मनाउने जमर्को गरेका छौं”,कोकोरोका अर्का संचालक खेमप्रसाद पौडेल भन्छन्,”सकेसम्म धेरै जना नेपाली दिदी,बहिनी र दाजु-भाईहरूको सहभागिता हुन सकोस् भन्ने चाहनाका साथ जापानको पनि सार्वजनिक विदाको दिन पारेर तीज फेस्टिवलको आयोजना गरेका छौं ।” 

सो तीज फेस्टिवलका लागि अहिलेसम्म नेपालबाट चर्चित गायक रमेशराज भट्टराई र जापानमा रहेर संगीतकर्म गरिरहेका गायक/गायिका अनि सर्जकहरू परदेशी गायक सूर्य खड्का, बाला दूरा, खेमराज पौडेल, शिवा के.सी., अमित सापकोटा र कोपिला शर्माको प्रस्तुति रहने निश्चित भईसकेको जानकारी दिदैं कोकोरोका अर्का संचालक अमित सापकोटाले नेपालबाट अझै चर्चित र लोकप्रिय गायक/गायिकाहरूको सहभागिताका लागि पहल भईरहेको बताए । 

कोकोरो ईन्टरटेन्टमेन्ट जापान स्थापनाको औपचारिक घोषणा तथा उद्घाटन समारोहका सन्दर्भमा पहिलो पटक आयोजना गरिएको छक्का-पञ्जा ४ को योकोहामा रिलिजमा नै दर्शकहरूको हाउसफूल उपस्थितिले अझै थप कार्यक्रमहरू गर्नका लागि हौसला अनि उत्प्रेरणा मिलेको जानकारी गराउँदै आगामी तीज फेस्टिवलको उच्च सफलतामा जापानवासी नेपालीहरूको साथ, सहयोग र सहभागिता रहने विश्वास लिईएको कोकोरो इन्टरटेन्टमेन्ट-जापानले जनाएको छ ।

“शुरूदेखि अन्तिमसम्मै,गरि दिन्छौं हामी जम्मै” भन्ने नारा नै बनाएर कोकोरोले कुनैपनि कार्यक्रम वा समारोहको आयोजकहरूसंग मिलेर सम्पूर्ण ब्यवस्थापनको जिम्मेवारी लिदैं आएको र दिदैं जानेपनि संचालकहरूले बताएका छन् ।  

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु