कैलाली। प्रतिनिधि सभा निर्वाचनअन्तर्गत कैलाली क्षेत्र नम्बर १ को ताजा मतपरिणाम सार्वजनिक भएको छ। पछिल्लो मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार कोमल ज्ञवाली अग्रस्थानमा रहेकी छन्।
हालसम्मको गणनाअनुसार ज्ञवालीले ५,१७७ मत प्राप्त गरेकी छन्। उनलाई नेपाली काँग्रेसका जनकराज चौधरी ले ४,०४६ मत सहित पछ्याइरहेका छन्। त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका रामलाल डगौरा थारु ले २,६२८ मत प्राप्त गरेका छन्।
यसअघि २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कैलाली–१ बाट नागरिक उन्मुक्ति पार्टीकी रन्जिता श्रेष्ठ ३०,४०४ मत सहित विजयी भएकी थिइन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका राम जनम चौधरी ले १८,०८१ मत ल्याएका थिए भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तपेन्द्र बहादुर रावल ले ५,९१० मत प्राप्त गरेका थिए।
