सर्लाही–४ मा गगन थापाभन्दा अमरेशकुमार सिंह झण्डै दुई हजार मतले अगाडि।

२०८२, २२ फाल्गुन शुक्रबार २१:०९

काठमाडौँ – सर्लाही क्षेत्र नम्बर ४ को पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंह अग्रस्थानमा रहेका छन्।

शुक्रबार साँझ ८ बजेसम्मको मतगणनाअनुसार सिंहले ४,४९६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका सभापति गगन थापाले २,५३० मत पाएका छन्। हाल दुवै उम्मेदवारबीच १,९६६ मतको अन्तर रहेको छ।

त्यसैगरी नेकपा (एमाले) ले ६४३ मतनेकपा ले १४० मत प्राप्त गरेका छन्।
जनमत पार्टी ले ३५८ मत ल्याउँदा जसपा नेपाल ले भने हालसम्म ९ मत मात्रै प्राप्त गरेको छ।

कुल १ लाख २१ हजार मतदाता रहेको सर्लाही–४ मा यस पटक ७७ हजार ९३१ मत खसेको थियो।


ताजा खबर

    सम्बन्धित शीर्षकहरु