बस दुर्घटना ६ जनाको मृत्यु १७ घाइते, घाइतेको अवस्था गम्भिर

२०७९, ८ श्रावण आईतवार १८:५८

दुर्घटना अपडेट ।
पाल्पा ।
पाल्पाको रिब्दीकोट गाउँपालिका २ लघुवामा भएको बस दुर्घटना ६ जनाको मृत्यु भएको छ ।

बाग्लुङ्गबाट बुटवल तर्फ आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस दुर्घटनामा परेको हो । बसमा २३ जना यात्रु सवार रहेको बताइएको छ । घटनास्थलमा ६ जनाको मृत्यु भएको हो भने १७ जनाको उपचारका लागी तानसेन मिसन अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी बिरेन्द्र थापाले बताउनुभयो । घाइतेको अवस्था गम्भीर रहेको छ । घटनास्थलमा अहिलेसम्म उद्धार भईरहेको छ । स्थानिय र प्रहरीको टोलीले उद्धारलाई जारी राखेका छन ।

दुर्घटना स्थल पहिला पनी दुर्घटना भएको स्थान हो । बस सडकबाट करिब ३ सय मिटर तल खसेको पाल्पा प्रहरीले जानएको छ ।

Comments

ताजा खबर