पाल्पा, ३ असार । तीन दिन देखि अबरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुलेको छ । पाल्पा बुटवल सडक खण्ड अन्तर्गत तानसेन नगरपालिका वडा नम्बर ८ गौडेपुल नजिकै माथिबाट खसेको पहिरो र बाटोको तल्लोभागमा बाढिले सडक बगाउँदा बाटो अबरुद्ध भएको थियो । बाटोको बेस नै जानेगरी ४०-५० मिटर बाटो बगाएको बाढीले बगाएको थियो ।
बाटो खुलेपछी रोकिएका सवारीसाधन गन्तब्य तर्फ लागेका छन । पहिरोको जोखोम भने अझैसम्म कायम नै रहेको छ ।
Comments