काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता बालेन शाहसँग टेलिफोन संवाद गरेका छन्।
सोमबार राति तीन नेताबीच भएको फोन संवादबारे प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।
मोदीले रास्वपाले निर्वाचनमा हासिल गरेको उल्लेखनीय सफलताका लागि दुवै नेतालाई बधाई दिएको बताएका छन्। उनले रास्वपा नेतृत्वमा बन्ने नयाँ सरकारका लागि शुभकामना व्यक्त गर्दै नेपाल–भारतबीचको आपसी समृद्धि, प्रगति र हितका लागि मिलेर काम गर्ने भारतको प्रतिबद्धता दोहोर्याएको उल्लेख गरेका छन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘हाम्रो संयुक्त प्रयासले आगामी वर्षहरूमा भारत र नेपालको सम्बन्धले नयाँ उचाइ प्राप्त गर्नेछ भन्ने कुरामा म विश्वस्त छु।’
