प्युठान । प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्युठानबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुशान्त वैदिक विजयी भएका छन्।
शनिबार सम्पन्न अन्तिम मतगणनाअनुसार वैदिकले २७ हजार ४६९ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी, नेपाली कांग्रेसका प्रा.डा. गोविन्दराज पोखरेल, १८ हजार ३३८ मतसहित दोस्रो स्थानमा रहे।
त्यसैगरी, नेकपा (एमाले)का सूर्य थापा १६ हजार ७१० मतसहित तेस्रो स्थानमा पुगे भने, नेपाल कम्युनिस्ट पार्टीका कृष्णध्वज खड्काले ९ हजार ७४ मत प्राप्त गर्दै चौथो स्थान हासिल गरे।
राष्ट्रिय जनमोर्चाका तिलकबहादुर जिसीले ७ हजार ६५४ मतसहित पाँचौं स्थानमा रहे।
जिल्लामा कुल १ लाख ६५ हजार ४०६ मतदाता रहेका थिए, जसमा ८४ हजार ४३३ मत खसेका थिए। तीमध्ये ८१ हजार १४६ मत सदर र ३ हजार २८७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
