नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका सरकारी निकायहरूलाई आपतकालीन सहयोग उपलब्ध गराएको छ। नाईमाले यातायात व्यवस्था विभाग र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा कार्यालय सामग्री सहयोग मंगलबार औपचारिक रूपमा हस्तान्तरण गरेको हो।

एसोसिएसनका अध्यक्ष रितु सिंह वैद्य, बोर्ड सदस्य यमुना श्रेष्ठ तथा कार्यकारी निर्देशक राजकुमार दुलालसहितको टोलीले सम्बन्धित कार्यालयका प्रमुखहरूलाई उक्त सहयोग हस्तान्तरण गरेको थियो।

सहयोग अन्तर्गत नाईमाले यातायात व्यवस्था विभाग, मीनभवनस्थित मुख्य भवनका आन्दोलनका क्रममा क्षतिग्रस्त भएका सबै झ्याल तथा ढोकाहरूको पुनर्निर्माण गरेको छ। यसैगरी, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई आवश्यक फर्निचर, फर्निसिङ सामग्रीका साथै कम्प्युटर र प्रिन्टरजस्ता प्राविधिक उपकरणहरू उपलब्ध गराइएको नाईमाका कार्यकारी निर्देशक राजकुमार दुलालले जानकारी दिए।

हस्तान्तरण कार्यक्रममा बोल्दै यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले संकटको समयमा प्राप्त सहयोगका कारण विभागले पुनः आफ्नै कार्यालयबाट सेवा सुचारु गर्न सफल भएको बताउँदै नाईमाप्रति आभार व्यक्त गरे।

त्यस्तै, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नवराज अधिकारीले नाईमालाई ट्राफिक शिक्षा र व्यवस्थापनमा भरपर्दो सहयात्रीको रूपमा चित्रण गर्दै संस्थाबाट प्राप्त सहयोगको प्रशंसा गरे।

नाईमाकी अध्यक्ष रितु सिंह वैद्यले सार्वजनिक सेवा प्रवाहमा संलग्न सरकारी निकायहरूसँग सहकार्य गर्नु संस्थाको कार्यगत अवधारणा भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सहकार्य र साझेदारीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।

उक्त जेन–जी आन्दोलनका क्रममा यातायात व्यवस्था विभाग र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका भौतिक संरचना तथा उपकरणमा गम्भीर क्षति पुगेको थियो।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago