नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका सरकारी निकायहरूलाई आपतकालीन सहयोग उपलब्ध गराएको छ। नाईमाले यातायात व्यवस्था विभाग र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा कार्यालय सामग्री सहयोग मंगलबार औपचारिक रूपमा हस्तान्तरण गरेको हो।

एसोसिएसनका अध्यक्ष रितु सिंह वैद्य, बोर्ड सदस्य यमुना श्रेष्ठ तथा कार्यकारी निर्देशक राजकुमार दुलालसहितको टोलीले सम्बन्धित कार्यालयका प्रमुखहरूलाई उक्त सहयोग हस्तान्तरण गरेको थियो।

सहयोग अन्तर्गत नाईमाले यातायात व्यवस्था विभाग, मीनभवनस्थित मुख्य भवनका आन्दोलनका क्रममा क्षतिग्रस्त भएका सबै झ्याल तथा ढोकाहरूको पुनर्निर्माण गरेको छ। यसैगरी, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई आवश्यक फर्निचर, फर्निसिङ सामग्रीका साथै कम्प्युटर र प्रिन्टरजस्ता प्राविधिक उपकरणहरू उपलब्ध गराइएको नाईमाका कार्यकारी निर्देशक राजकुमार दुलालले जानकारी दिए।

हस्तान्तरण कार्यक्रममा बोल्दै यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले संकटको समयमा प्राप्त सहयोगका कारण विभागले पुनः आफ्नै कार्यालयबाट सेवा सुचारु गर्न सफल भएको बताउँदै नाईमाप्रति आभार व्यक्त गरे।

त्यस्तै, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नवराज अधिकारीले नाईमालाई ट्राफिक शिक्षा र व्यवस्थापनमा भरपर्दो सहयात्रीको रूपमा चित्रण गर्दै संस्थाबाट प्राप्त सहयोगको प्रशंसा गरे।

नाईमाकी अध्यक्ष रितु सिंह वैद्यले सार्वजनिक सेवा प्रवाहमा संलग्न सरकारी निकायहरूसँग सहकार्य गर्नु संस्थाको कार्यगत अवधारणा भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सहकार्य र साझेदारीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।

उक्त जेन–जी आन्दोलनका क्रममा यातायात व्यवस्था विभाग र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका भौतिक संरचना तथा उपकरणमा गम्भीर क्षति पुगेको थियो।

Sanjay poudyal

Recent Posts

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago