टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो – पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक ‘ब्याण्ड सज्जनराज वैद्य’ को पहिलोचोटी जापानमा लाइभ कन्सर्ट हुने भएको छ । आगामी २०२६ को मार्च १० तारिखका दिन सज्जनराज वैद्यको लाइभ कन्सर्ट टोकियो हाराजुकु स्टेशनबाट मात्र ३ मिनेटको दुरीमा रहेको योयोगी नेशनल स्टेडियममा हुने बताईएको छ । करिव ४ हजार सिट क्षमता भएको उक्त नेशनल स्टेडियममा पहिलोचोटी नेपालीहरुको ऐतिहासिक कार्यक्रम हुन लागेको हो । करिव एक वर्ष लामो निरन्तर प्रयासपछि कन्सर्टका लागि उक्त स्टेडियम उपलब्ध हुन सकेको बताईएको छ । जिएमटी इन्टरनेशनलको मुल ब्यानरमा हुन लागेको उक्त लाइभ कन्सर्टका लागि नेपालबाट दर्जनभन्दा बढि कलाकारहरु जापान आउने भएका छन् । राजधानी टोकियोबाहेक नागोया, फुकुओका र ओसाका सहरमा पनि उक्त ब्याण्डको लाइभ कन्सर्ट हुने तैयारी भईरहेको बुझिएको छ । सज्जनराज वैद्य ब्याण्डको लाइभ कन्सर्ट यसअघि बेलायत, अमेरिका, क्यानडा, अष्ट्रेलियाका विभिन्न सहरहरुमा दर्जनौपटक र मध्यपूर्वका दुबाई, दोहा, भारतका मुम्बई, दिल्ली लगायतका सहरमा पचासौं हजार दर्शकहरुका माझ धेरैपटक भईसकेको भएता पनि जापानमा भने पहिलोचोटी हुन लागेको हो । मार्च १० तारिखका दिन हुने लाइभ कन्सर्टको टिकट अंग्रेजी नयाँ वर्ष २०२६ लागेसंगै अनलाइनमार्फत विक्रिमा राखिने आयोजक स्रोतले जनाएको छ ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago