टोकियो – पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक ‘ब्याण्ड सज्जनराज वैद्य’ को पहिलोचोटी जापानमा लाइभ कन्सर्ट हुने भएको छ । आगामी २०२६ को मार्च १० तारिखका दिन सज्जनराज वैद्यको लाइभ कन्सर्ट टोकियो हाराजुकु स्टेशनबाट मात्र ३ मिनेटको दुरीमा रहेको योयोगी नेशनल स्टेडियममा हुने बताईएको छ । करिव ४ हजार सिट क्षमता भएको उक्त नेशनल स्टेडियममा पहिलोचोटी नेपालीहरुको ऐतिहासिक कार्यक्रम हुन लागेको हो । करिव एक वर्ष लामो निरन्तर प्रयासपछि कन्सर्टका लागि उक्त स्टेडियम उपलब्ध हुन सकेको बताईएको छ । जिएमटी इन्टरनेशनलको मुल ब्यानरमा हुन लागेको उक्त लाइभ कन्सर्टका लागि नेपालबाट दर्जनभन्दा बढि कलाकारहरु जापान आउने भएका छन् । राजधानी टोकियोबाहेक नागोया, फुकुओका र ओसाका सहरमा पनि उक्त ब्याण्डको लाइभ कन्सर्ट हुने तैयारी भईरहेको बुझिएको छ । सज्जनराज वैद्य ब्याण्डको लाइभ कन्सर्ट यसअघि बेलायत, अमेरिका, क्यानडा, अष्ट्रेलियाका विभिन्न सहरहरुमा दर्जनौपटक र मध्यपूर्वका दुबाई, दोहा, भारतका मुम्बई, दिल्ली लगायतका सहरमा पचासौं हजार दर्शकहरुका माझ धेरैपटक भईसकेको भएता पनि जापानमा भने पहिलोचोटी हुन लागेको हो । मार्च १० तारिखका दिन हुने लाइभ कन्सर्टको टिकट अंग्रेजी नयाँ वर्ष २०२६ लागेसंगै अनलाइनमार्फत विक्रिमा राखिने आयोजक स्रोतले जनाएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…