झापामा पहिलोपटक एमबीबीएस पठनपाठन सुरु, मेडिकल शिक्षा र पर्यटनको नयाँ युगको सुरुवात

झापा। झापामा पहिलोपटक चिकित्सा शास्त्र (एमबीबीएस)को पठनपाठन सुरु भएकोमा स्थानीय बासिन्दाले हर्ष व्यक्त गरेका छन्। विर्तामोडस्थित बीएन्डसी मेडिकल कलेजले यही पुस २६ गतेदेखि ५० जना विद्यार्थीलाई एमबीबीएस पढाउन सुरु गरेको हो।

काठमाडौं विश्वविद्यालयको सम्बन्धन र राष्ट्रिय चिकित्सा शिक्षा आयोगको स्वीकृतिमा कलेजले मेचीनगर–१२, धाइजनमा सुविधासम्पन्न भौतिक संरचना निर्माण गरी बेसिक साइन्स अध्यापन सुरु गरेको छ। विर्तामोड–५ मा रहेको मेडिकल कलेजले १० वर्षदेखि क्लिनिकल अध्यापन गर्दै आएको थियो।

प्रतिनिधिसभा सदस्य अमृतलाल राजबंशीले आफ्नै जिल्लामा डाक्टरको पढाई सुरु हुनु झापाबासीका लागि गर्वको विषय भएको बताउँदै आदिवासी, जनजाति, दलित, र महिला समुदायका लागि कोटा छुट्याउनुपर्नेमा जोड दिनुभएको छ। नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले अब विदेशमा मेडिकल शिक्षा अध्ययनका लागि जाने बाध्यता घट्ने विश्वास व्यक्त गर्दै जिल्लामा मेडिकल शिक्षाले आर्थिक पलायन रोक्ने बताए।

महिला मानवाधिकार रक्षा सञ्जालकी अध्यक्ष कविता वाँस्तोलाले छोरीहरूप्रति लक्षित लैङ्गिक दृष्टिकोणले यो कदम सकारात्मक भएको जनाउँदै जिल्लामै पढाई सुरु भएपछि विदेशमा पढ्न जानुपर्ने बाध्यता समाप्त भएको बताउनुभयो।

नेकपा माओवादी केन्द्रका प्रकाश भण्डारीले झापामा एमबीबीएस पढाई सुरु हुनु शैक्षिक इतिहासको नयाँ अध्याय भएको उल्लेख गर्नुभएको छ। नेपाल अडिटर्स एसोसिएसनका जयधर्म पोखरेलले बंगलादेशमा एमबीबीएस कोर्सका लागि ठूलो रकम तिर्नुपर्ने अवस्थाको अन्त्य भएको बताए।

बीएन्डसी मेडिकल कलेजमा पठनपाठन सुरु भएसँगै ५० जना विद्यार्थीमध्ये ३४ जना नेपाली र १४ जना विदेशी छन्। जनसम्पर्क अधिकृत प्रमिश गिरीले भारतीय विद्यार्थीहरूका लागि यो कलेज आकर्षक गन्तव्य बनेको जानकारी दिनुभयो।

कलेजका प्रिन्सिपल प्राडा उमेश शर्माले पठनपाठनका लागि अत्याधुनिक पूर्वाधारसहित राम्रो शैक्षिक वातावरण उपलब्ध गराइएको बताउनुभयो। कलेज सञ्चालनपछि थप एक हजार रोजगारी सिर्जना हुने र झापाको आर्थिक विकासमा ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ।

सर्वोच्च अदालतको परमादेशपछि कलेजले काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी पठनपाठन सुरु गरेको हो। झापालाई मेडिकल शिक्षा र मेडिकल टुरिज्मको केन्द्र बनाउने योजनासहित कलेजले नयाँ अध्यायको सुरुवात गरेको छ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago