झापा। झापामा पहिलोपटक चिकित्सा शास्त्र (एमबीबीएस)को पठनपाठन सुरु भएकोमा स्थानीय बासिन्दाले हर्ष व्यक्त गरेका छन्। विर्तामोडस्थित बीएन्डसी मेडिकल कलेजले यही पुस २६ गतेदेखि ५० जना विद्यार्थीलाई एमबीबीएस पढाउन सुरु गरेको हो।
काठमाडौं विश्वविद्यालयको सम्बन्धन र राष्ट्रिय चिकित्सा शिक्षा आयोगको स्वीकृतिमा कलेजले मेचीनगर–१२, धाइजनमा सुविधासम्पन्न भौतिक संरचना निर्माण गरी बेसिक साइन्स अध्यापन सुरु गरेको छ। विर्तामोड–५ मा रहेको मेडिकल कलेजले १० वर्षदेखि क्लिनिकल अध्यापन गर्दै आएको थियो।
प्रतिनिधिसभा सदस्य अमृतलाल राजबंशीले आफ्नै जिल्लामा डाक्टरको पढाई सुरु हुनु झापाबासीका लागि गर्वको विषय भएको बताउँदै आदिवासी, जनजाति, दलित, र महिला समुदायका लागि कोटा छुट्याउनुपर्नेमा जोड दिनुभएको छ। नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले अब विदेशमा मेडिकल शिक्षा अध्ययनका लागि जाने बाध्यता घट्ने विश्वास व्यक्त गर्दै जिल्लामा मेडिकल शिक्षाले आर्थिक पलायन रोक्ने बताए।
महिला मानवाधिकार रक्षा सञ्जालकी अध्यक्ष कविता वाँस्तोलाले छोरीहरूप्रति लक्षित लैङ्गिक दृष्टिकोणले यो कदम सकारात्मक भएको जनाउँदै जिल्लामै पढाई सुरु भएपछि विदेशमा पढ्न जानुपर्ने बाध्यता समाप्त भएको बताउनुभयो।
नेकपा माओवादी केन्द्रका प्रकाश भण्डारीले झापामा एमबीबीएस पढाई सुरु हुनु शैक्षिक इतिहासको नयाँ अध्याय भएको उल्लेख गर्नुभएको छ। नेपाल अडिटर्स एसोसिएसनका जयधर्म पोखरेलले बंगलादेशमा एमबीबीएस कोर्सका लागि ठूलो रकम तिर्नुपर्ने अवस्थाको अन्त्य भएको बताए।
बीएन्डसी मेडिकल कलेजमा पठनपाठन सुरु भएसँगै ५० जना विद्यार्थीमध्ये ३४ जना नेपाली र १४ जना विदेशी छन्। जनसम्पर्क अधिकृत प्रमिश गिरीले भारतीय विद्यार्थीहरूका लागि यो कलेज आकर्षक गन्तव्य बनेको जानकारी दिनुभयो।
कलेजका प्रिन्सिपल प्राडा उमेश शर्माले पठनपाठनका लागि अत्याधुनिक पूर्वाधारसहित राम्रो शैक्षिक वातावरण उपलब्ध गराइएको बताउनुभयो। कलेज सञ्चालनपछि थप एक हजार रोजगारी सिर्जना हुने र झापाको आर्थिक विकासमा ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ।
सर्वोच्च अदालतको परमादेशपछि कलेजले काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी पठनपाठन सुरु गरेको हो। झापालाई मेडिकल शिक्षा र मेडिकल टुरिज्मको केन्द्र बनाउने योजनासहित कलेजले नयाँ अध्यायको सुरुवात गरेको छ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…