काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित गरेको छ।
सुरक्षित, भरपर्दो र विश्वसनीय सेवा प्रदान गर्दै आएको यस केन्द्रले सेवा गुणस्तर, व्यवस्थापन प्रणाली र ग्राहक सन्तुष्टिमा उच्च मापदण्ड पूरा गरेबापत यो प्रतिष्ठित प्रमाणपत्र पाएको हो।
केन्द्रमा कार्यरत वरिष्ठ चिकित्सकहरू डा. अर्चना शाक्य र डा. निसुमा फर्टिलिटी उपचारमा लामो अनुभव तथा विशिष्ट दक्षता भएका विशेषज्ञहरू हुन्। उनीहरूले गर्भधारणसम्बन्धी समस्या भोगिरहेका सयौँ दम्पतीलाई सफलतापूर्वक उपचार प्रदान गरिसकेका छन्।
हाल हार्दिक आईभिएफले आर्थिक रूपमा कमजोर तथा आवश्यकतामा रहेका दम्पतीहरूका लागि निःशुल्क IUI सेवा अभियान सञ्चालनमा ल्याएको छ। यो सेवा बैशाख महिनाको अन्त्यसम्म उपलब्ध हुनेछ, जसले उपचार खर्चको कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थालाई अन्त्य गर्ने लक्ष्य लिएको छ।
उपचार प्रक्रियालाई अझ सहज र प्रभावकारी बनाउन केन्द्रभित्रै A Grade pathology सेवा सुरु गरिएको छ। यसले आवश्यक सबै ल्याब परीक्षणहरू छिटो, भरपर्दो र गुणस्तरीय ढंगले एकै स्थानमा उपलब्ध गराउने सुविधा प्रदान गर्दछ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै अवस्थित हार्दिक आईभिएफ सहज रूपमा पहुँचयोग्य स्थानमा रहेको छ। केन्द्रले पारदर्शी शुल्क संरचना अवलम्बन गर्दै आएको छ, जसमा कुनै लुकेको शुल्क लिइँदैन।
अन्तर्राष्ट्रिय स्तरको प्रविधि, अनुभवी विशेषज्ञ, पारदर्शिता र उचित मूल्यमा उपचार सेवा उपलब्ध गराउँदै आएको हार्दिक आईभिएफ अब नेपालमै विश्वस्तरीय फर्टिलिटी सेवा खोज्नेहरूको लागि भरपर्दो गन्तव्य बन्न पुगेको छ।
केन्द्रले आगामी दिनहरूमा थप नवीन प्रविधिहरू भित्र्याउने र निःशुल्क तथा रियायती सेवा कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्दै जाने योजना बनाएको जनाएको छ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…