‘ऊनको स्वीटर’ लण्डन ओन्टारीयो लगायत क्यानडा प्रदर्शन हुने

काठमाडौं। नेपाली फिल्म ‘ऊनको स्वीटर’ लाई क्यानडामा प्रदर्शन हुने भएको छ । ‘एमजिपी इन्टरटेनमेन्ट,’ ‘आँगन इभेन्ट,’ र ‘आई र यू इन्टरटेनमेन्ट’ले फिल्मलाई नेपालकै समयमा क्यानडाको विभिन्न सहरमा प्रदर्शन गर्ने सम्झौता गरेको छ ।

आर्टमाण्डू प्रा.लि.को निर्माणमा बनेको ‘ऊनको स्वीटर’ मा विपिन कार्की, मिरुना मगर, सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बु, सुरज तमू, र भावना खपाङ्गी मगरलगायतको अभिनय रहेको छ ।नवीन चौहान निर्देशित फिल्म आर्टमाण्डू प्रा.लिले निर्माण गरेको हो । निर्देशक चौहानकै लेखन रहेको फिल्म  नेपालको विभिन्न रमणीय स्थल र भारत सिमाना फालेलुङमा छायाङ्कन गरिएको छ । चिन्तन राजभण्डारीको छायाङ्कन रहेको फिल्मको सम्पादन कृष्ण भण्डारीले गरेका हुन् ।सागर बुढाथोकी र मिलन खत्री कार्यकारी निर्माता रहेका छन् ।

लण्डन ओन्टारीयोमा दर्शकको उपस्थिति उल्लेखनीय रहनेछ भनी आशावादी भएको विरोध चालिसेले जनाएका छन्। क्यानडाका वितरक मध्येका एक जीआर भण्डारीले फिल्मलाई लिएर दर्शक माँझ उत्साह रहेको जानकारी दिए । उनले भने,‘गीतसङ्गीतको कारण उक्त फिल्मको माग थियो । हामीले प्रदर्शन गर्ने खबरले यहाँ रहेका नेपाली उत्साहित छन् । नेपाली कला र संस्कृतिसँग जोडिएको कार्यक्रमसँगै विस्तारै क्यानडा फिल्मका लागि पनि राम्रो बजार बनिरहेको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago