‘ऊनको स्वीटर’ लण्डन ओन्टारीयो लगायत क्यानडा प्रदर्शन हुने

काठमाडौं। नेपाली फिल्म ‘ऊनको स्वीटर’ लाई क्यानडामा प्रदर्शन हुने भएको छ । ‘एमजिपी इन्टरटेनमेन्ट,’ ‘आँगन इभेन्ट,’ र ‘आई र यू इन्टरटेनमेन्ट’ले फिल्मलाई नेपालकै समयमा क्यानडाको विभिन्न सहरमा प्रदर्शन गर्ने सम्झौता गरेको छ ।

आर्टमाण्डू प्रा.लि.को निर्माणमा बनेको ‘ऊनको स्वीटर’ मा विपिन कार्की, मिरुना मगर, सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बु, सुरज तमू, र भावना खपाङ्गी मगरलगायतको अभिनय रहेको छ ।नवीन चौहान निर्देशित फिल्म आर्टमाण्डू प्रा.लिले निर्माण गरेको हो । निर्देशक चौहानकै लेखन रहेको फिल्म  नेपालको विभिन्न रमणीय स्थल र भारत सिमाना फालेलुङमा छायाङ्कन गरिएको छ । चिन्तन राजभण्डारीको छायाङ्कन रहेको फिल्मको सम्पादन कृष्ण भण्डारीले गरेका हुन् ।सागर बुढाथोकी र मिलन खत्री कार्यकारी निर्माता रहेका छन् ।

लण्डन ओन्टारीयोमा दर्शकको उपस्थिति उल्लेखनीय रहनेछ भनी आशावादी भएको विरोध चालिसेले जनाएका छन्। क्यानडाका वितरक मध्येका एक जीआर भण्डारीले फिल्मलाई लिएर दर्शक माँझ उत्साह रहेको जानकारी दिए । उनले भने,‘गीतसङ्गीतको कारण उक्त फिल्मको माग थियो । हामीले प्रदर्शन गर्ने खबरले यहाँ रहेका नेपाली उत्साहित छन् । नेपाली कला र संस्कृतिसँग जोडिएको कार्यक्रमसँगै विस्तारै क्यानडा फिल्मका लागि पनि राम्रो बजार बनिरहेको छ ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago