विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत एक असक्त बिरामीलाई ह्विल चेयर वितरण गरेको छ।
विर्तामोड नगरपालिका–९ डाँडा गाऊ का दलबहादुर राजवंशीका छोरा विष्णु (वंग्डोल )राजवंशी, जो हाल हिँडडुल गर्न नसक्ने अवस्थामा रहेका छन्, उनीलाई संस्थाले ह्विल चेयर हस्तान्तरण गरेको हो।
यस सामाजिक कार्यको विशेष पहल विर्तामोड नगरपालिका महिला विकाश शाखाकी शाखा अधिकृत पुष्पा कार्की ज्यू, टोल विकाश संस्थाका सचिव कृष्ण कुमार वि.क. ले गर्नु भएको थियो । उहाँ हरुकोको पहल र समन्वयमा विर्तामोड नगरपालिकाबाट ह्विल चेयर उपलब्ध गराइएको हो।
कार्यक्रममा संस्थाका अध्यक्ष प्रकाश आचार्य, सल्लाहकार गणेश उप्रेती, सचिव कृष्ण कुमार वि.क., सदस्यहरू पुष्प राज आचार्य, प्रकाश भण्डारी, संजय पौड्याल तथा आमन्त्रित अतिथि पिपल डाडा टोल विकास संस्थाकी अध्यक्ष दिल कुमारी राजवंशी, उमेश आचार्य लगायत स्थानीय बासिन्दाहरूको उपस्थिती रहेको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष प्रकाश आचार्यले भने, “सामाजिक उत्तरदायित्व अन्तर्गत हामीले असहाय र अपाङ्ग व्यक्तिहरूको सहयोगलाई निरन्तरता दिनेछौं। सानो सहयोगले पनि कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ।”
लाभग्राही वंग्डोल राजवंशीका परिवारले संस्थाप्रति हार्दिक आभार व्यक्त गर्दै, यो सहयोगले दैनिक जीवनमा सहजता र आत्मबल प्राप्त भएको प्रतिक्रिया दिएका छन्। संस्थाले आगामी दिनमा पनि स्वास्थ्य, सरसफाइ, शिक्षा र मानव सेवासँग सम्बन्धित विभिन्न कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…