टोकियो विश्वविद्यालयले सन् २०२७ देखि नयाँ विभाग सुरु गर्दै, जसअन्तर्गत सबै कक्षाहरू अङ्ग्रेजी भाषामा संचालन गरिनेछ

काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर कार्यक्रम सुरु गर्ने योजना बनाएको छ, जसको उद्देश्य विश्वव्यापी समस्याहरू समाधान गर्न सक्ने क्षमतायुक्त प्रतिभा विकास गर्नु हो।सुरुवातमा विश्वविद्यालयले तीन वर्ष स्नातक र दुई वर्ष स्नातकोत्तर योजना बनाएको थियो, तर त्यसका लागि शिक्षा कानुन परिमार्जन आवश्यक परेपछि यसलाई चार वर्ष स्नातक र एक वर्ष स्नातकोत्तरमा परिवर्तन गरिएको हो।

“नयाँ विभागको नाम “UTokyo College of Design” राखिएको छ, यस कार्यक्रम अन्तर्गत हरेक वर्ष करिब १०० विद्यार्थी क्षमता रहनेछ, जसमा आधाभन्दा बढी विदेशी विद्यार्थी हुने अपेक्षा गरिएको छ। सवै कक्षा अंग्रेजी भाषामा सञ्चालन गरिनेछ, जसले अन्तर्राष्ट्रिय स्तरको शिक्षाको मापदण्ड पूरा गर्नेछ।यस कार्यक्रमले विद्यार्थीहरूलाई नागरिकको दृष्टिकोणबाट सोच्न प्रेरित गर्दै, डिकार्बोनाइजेसन (कार्बन उत्सर्जन न्यूनीकरण) लगायतका विश्वव्यापी तथा स्थानीय समस्याहरूको समाधान डिजाइन गर्ने क्षमता विकास गराउने लक्ष्य राखेको छ। उनीहरूको मुख्य शैक्षिक पृष्ठभूमि जे भए पनि यस शैक्षिक कार्यक्रममा सहभागी हुन सक्नेछन् ।

अमेरिका र युरोपका प्रतिष्ठित विश्वविद्यालयहरूको जस्तै यो कार्यक्रमले विद्यार्थीलाई ५ वर्षभित्रै स्नातकोत्तर उपाधि प्राप्त गर्न सक्ने बनाउनेछ। पहिलो चार वर्ष स्नातक अध्ययन र अन्तिम एक वर्ष स्नातकोत्तर अध्ययन गराइनेछ, जसमा मानविकी र विज्ञान दुवै विषयहरू अध्ययन गर्न पाइनेछ। शिक्षण कार्य विश्वभरका विज्ञ प्राध्यापकहरूले गर्नेछन्।

विद्यार्थीहरूले विदेशमा अध्ययन गर्ने वा अन्तर्राष्ट्रिय इन्टर्नशिप गर्ने अवसर पनि पाउनेछन्। विश्वविद्यालयले यस्तो प्रणालीको तयारी गरिरहेको छ, जसअन्तर्गत विद्यार्थीहरूले आफूले समाधान गर्न चाहेका समस्याहरूको पहिचानका आधारमा आफ्नो अध्ययनको विषयवस्तु र कक्षाहरू निर्धारण गर्न सक्नेछन्।

सन् २०२७ मा आफ्नो १५० औं स्थापना वार्षिकोत्सव मनाउन लागेको टोकियो विश्वविद्यालयले नयाँ पाँच वर्षीय कार्यक्रम सुरु गर्दैछ, जसमा चार वर्षे स्नातक र एक वर्षे स्नातकोत्तर अध्ययन समावेश हुनेछ। सार्वजनिक विश्वविद्यालयका अध्यक्ष तेरुओ फुजीइले भने, “हामी एउटा नयाँ अध्ययनको स्थान सिर्जना गर्दैछौं, जहाँ विद्यार्थीहरूले टोकियो विश्वविद्यालयको सम्पूर्ण सम्भावनाको उपयोग गर्दै आफ्नो दृष्टिकोण साकार पार्न सकुन।”यस कार्यक्रमअन्तर्गत सबै प्रथम वर्षका विद्यार्थीहरू विश्वविद्यालयको डोर्मिटोरी (छात्रावास) मा बस्नेछन्, जसले दैनिक अन्तरक्रियाबाट अन्तरसांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्नेछ।

कलेजको नेतृत्व विश्वविद्यालयकै एक विदेशी प्राध्यापकले गर्नेछन्, भने कक्षा सञ्चालनमा विश्वविद्यालयका अन्य प्राध्यापकहरूका साथै जापान तथा विदेशका शीर्ष श्रेणीका अनुसन्धानकर्ता पनि संलग्न हुनेछन्।

विश्वविद्यालयले लिखित परीक्षा नलिई केवल दस्तावेज मूल्याङ्कन र अन्तर्वार्ताका माध्यमबाट विद्यार्थी छनोट गर्ने योजना बनाएको छ। प्रवेश प्रक्रियासम्बन्धी विस्तृत जानकारी सन् २०२५ को जुलाईसम्म सार्वजनिक गरिने अपेक्षा गरिएको छ।

Sanjay poudyal

Share
Published by
Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago