बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन खरेलले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्। हाल संगठनको उपमहासचिव रहेका डा. खरेल त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा ग्रामीण विकासका सह–प्राध्यापक हुन्।
प्राध्यापनमा २० वर्षको अनुभव रहेका खरेल यसअघि संगठनको केन्द्रीय सदस्य तथा उपमहासचिवको रूपमा काम गरिसकेका छन्। उनी ग्रामीण विकास अन्तर्गत “स्थानीय शासनको सार्वजनिक सेवा प्रवाह” विषयमा पीएचडी गरेका छन्।
सरल, शान्त र बौद्धिक छविका धनी खरेल यसपटक संगठनको नेतृत्वमा दह्रो उम्मेदवारका रूपमा चर्चामा छन्। उनले प्राज्ञिक दृष्टिकोणबाट नेतृत्व गर्दै पेशागत हक–हितको पक्षमा अग्रसर हुनुपर्ने धारणा व्यक्त गर्दै आएका छन्।
उनका ग्रामीण विकास, सुशासन, र स्थानीय शासन जस्ता विषयमा अन्तर्राष्ट्रिय जर्नलहरूमा अनुसन्धान–लेख प्रकाशित भएका छन् भने आधा दर्जन पुस्तकहरू पनि बजारमा आइसकेका छन्।
नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११औँ केन्द्रीय अधिवेशन यही बैशाख ८ र ९ गते काठमाडौंमा सम्पन्न हुँदैछ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…