झापा बिर्तामोडका डा. सुमन खरेल प्रगतिशील प्राध्यापक संगठनको महासचिव पदका उम्मेदवार

बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन खरेलले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्। हाल संगठनको उपमहासचिव रहेका डा. खरेल त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा ग्रामीण विकासका सह–प्राध्यापक हुन्।

प्राध्यापनमा २० वर्षको अनुभव रहेका खरेल यसअघि संगठनको केन्द्रीय सदस्य तथा उपमहासचिवको रूपमा काम गरिसकेका छन्। उनी ग्रामीण विकास अन्तर्गत “स्थानीय शासनको सार्वजनिक सेवा प्रवाह” विषयमा पीएचडी गरेका छन्।

सरल, शान्त र बौद्धिक छविका धनी खरेल यसपटक संगठनको नेतृत्वमा दह्रो उम्मेदवारका रूपमा चर्चामा छन्। उनले प्राज्ञिक दृष्टिकोणबाट नेतृत्व गर्दै पेशागत हक–हितको पक्षमा अग्रसर हुनुपर्ने धारणा व्यक्त गर्दै आएका छन्।

उनका ग्रामीण विकास, सुशासन, र स्थानीय शासन जस्ता विषयमा अन्तर्राष्ट्रिय जर्नलहरूमा अनुसन्धान–लेख प्रकाशित भएका छन् भने आधा दर्जन पुस्तकहरू पनि बजारमा आइसकेका छन्।

नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११औँ केन्द्रीय अधिवेशन यही बैशाख ८ र ९ गते काठमाडौंमा सम्पन्न हुँदैछ।

Sanjay poudyal

Share
Published by
Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago