आन्तरिक र बाह्य दबाबमा महानगर प्रमुख बालेन्द्र साह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका छन्।

२०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका बालेनलाई नयाँ राजनीतिक शक्तिका रूपमा हेरिएको थियो। तर, पछिल्लो समय उनलाई आलोचना गर्नेहरूको संख्या बढिरहेको छ।

राजनीतिक र प्रशासनिक विवाद

गणतन्त्र समर्थकदेखि राजावादी शक्तिहरू बालेनसँग पहिल्यै असन्तुष्ट थिए। हाल महानगरकै उपमेयर सुनिता डङ्गोल पनि असन्तुष्ट भएकी छिन्। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हटाउने बालेनको निर्णयपछि महानगरभित्रै विवाद चुलिएको थियो। गुरागाईंलाई पुनः कार्यालयमा फिर्ता गरिएपछि वडाध्यक्षहरू समेत बालेनविरुद्ध खुलेका छन्।

नगर प्रहरीले गुरागाईंलाई कार्यकक्षमा प्रवेश गर्न नदिएपछि विवाद झन् बढेको थियो। अन्ततः उपमेयर डङ्गोलले आएर विवादलाई समाधान गरेकी थिइन्। उनले वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत गुरागाईंसँग छलफल गरेर गुरागाईंलाई कार्यकक्षमा प्रवेशको वातावरण बनाएकी थिइन्। डङ्गोलले बालेनको कार्यशैलीप्रति असन्तोष जनाउँदै ‘कोठाबाट आदेश दिने नभई समस्या समाधानका लागि प्रत्यक्ष रूपमा उपस्थित हुनुपर्ने’ सुझाव दिएकी छिन्।

एमालेसँगको टकराव र अन्य राजनीतिक दबाब

बालेनसँग नेकपा एमालेको सम्बन्ध तनावपूर्ण अवस्थामा पुगेको छ। मेयर साहलाई कमजोर बनाउन सत्ता शक्तिको प्रयोग हुँदै आएको आरोप पनि लागिरहेको छ।

बालेनले पटक–पटक सामाजिक सञ्जालमार्फत अराजक अभिव्यक्ति दिँदासमेत एमालेबाट निर्वाचित भएको भए पनि उनी चुपलागेर बसिदिएकी थिइन्। बिहीबार भने उनले बालेनविरुद्ध मुख खोलेकी छिन्। बालेनसँग नेकपा एमाले त वारपारको अवस्थामा छ। बालेनसँग वारपारको अवस्थामा पुगेपछि सरकारमा रहेको समयमा शक्तिको प्रयोग गर्दै बालेनलाई एमालेले असहयोगसमेत गर्दै आइरहेको छ। नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व गर्दैगर्दा बालेनले सिंहदरबार जलाउनेसम्मको अभिव्यक्ति दिएका थिए। त्यस समयमा सरकारले बालेनलाई पक्राउ गर्नेसम्मको योजना बनाएको कुरा पछि बाहिरिएको थियो।

राजावादी शक्तिसँगको टकराव

चैत्र १५ गते राजसंस्थावादीहरूले काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्दा फोहोरमैला छोडिएको भन्दै बालेनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेका थिए।राजसंस्थावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बालेनविरुद्ध विरोध गर्दै आएको छ। उनीहरूले ‘पूर्वराजालाई जरिवाना पठाउनु अनुचित’ भएको दाबी गरेका छन्।

बालेनको लोकप्रियता र आलोचना

बालेनले अवैध संरचना हटाउने, विद्यालय सुधार, स्वास्थ्य सेवामा सुधार, फुटपाथ व्यवस्थापन जस्ता काम गरेर लोकप्रियता कमाएका छन्। तर, उनको कडा कार्यशैलीका कारण विभिन्न राजनीतिक र प्रशासनिक समूहहरू असन्तुष्ट देखिएका छन्।र राजनीतिक रुपमा उनलाई विभिन्न शक्तिबाट प्रहार हुँदै आएको छ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago