आन्तरिक र बाह्य दबाबमा महानगर प्रमुख बालेन्द्र साह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका छन्।

२०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका बालेनलाई नयाँ राजनीतिक शक्तिका रूपमा हेरिएको थियो। तर, पछिल्लो समय उनलाई आलोचना गर्नेहरूको संख्या बढिरहेको छ।

राजनीतिक र प्रशासनिक विवाद

गणतन्त्र समर्थकदेखि राजावादी शक्तिहरू बालेनसँग पहिल्यै असन्तुष्ट थिए। हाल महानगरकै उपमेयर सुनिता डङ्गोल पनि असन्तुष्ट भएकी छिन्। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हटाउने बालेनको निर्णयपछि महानगरभित्रै विवाद चुलिएको थियो। गुरागाईंलाई पुनः कार्यालयमा फिर्ता गरिएपछि वडाध्यक्षहरू समेत बालेनविरुद्ध खुलेका छन्।

नगर प्रहरीले गुरागाईंलाई कार्यकक्षमा प्रवेश गर्न नदिएपछि विवाद झन् बढेको थियो। अन्ततः उपमेयर डङ्गोलले आएर विवादलाई समाधान गरेकी थिइन्। उनले वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत गुरागाईंसँग छलफल गरेर गुरागाईंलाई कार्यकक्षमा प्रवेशको वातावरण बनाएकी थिइन्। डङ्गोलले बालेनको कार्यशैलीप्रति असन्तोष जनाउँदै ‘कोठाबाट आदेश दिने नभई समस्या समाधानका लागि प्रत्यक्ष रूपमा उपस्थित हुनुपर्ने’ सुझाव दिएकी छिन्।

एमालेसँगको टकराव र अन्य राजनीतिक दबाब

बालेनसँग नेकपा एमालेको सम्बन्ध तनावपूर्ण अवस्थामा पुगेको छ। मेयर साहलाई कमजोर बनाउन सत्ता शक्तिको प्रयोग हुँदै आएको आरोप पनि लागिरहेको छ।

बालेनले पटक–पटक सामाजिक सञ्जालमार्फत अराजक अभिव्यक्ति दिँदासमेत एमालेबाट निर्वाचित भएको भए पनि उनी चुपलागेर बसिदिएकी थिइन्। बिहीबार भने उनले बालेनविरुद्ध मुख खोलेकी छिन्। बालेनसँग नेकपा एमाले त वारपारको अवस्थामा छ। बालेनसँग वारपारको अवस्थामा पुगेपछि सरकारमा रहेको समयमा शक्तिको प्रयोग गर्दै बालेनलाई एमालेले असहयोगसमेत गर्दै आइरहेको छ। नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व गर्दैगर्दा बालेनले सिंहदरबार जलाउनेसम्मको अभिव्यक्ति दिएका थिए। त्यस समयमा सरकारले बालेनलाई पक्राउ गर्नेसम्मको योजना बनाएको कुरा पछि बाहिरिएको थियो।

राजावादी शक्तिसँगको टकराव

चैत्र १५ गते राजसंस्थावादीहरूले काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्दा फोहोरमैला छोडिएको भन्दै बालेनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेका थिए।राजसंस्थावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बालेनविरुद्ध विरोध गर्दै आएको छ। उनीहरूले ‘पूर्वराजालाई जरिवाना पठाउनु अनुचित’ भएको दाबी गरेका छन्।

बालेनको लोकप्रियता र आलोचना

बालेनले अवैध संरचना हटाउने, विद्यालय सुधार, स्वास्थ्य सेवामा सुधार, फुटपाथ व्यवस्थापन जस्ता काम गरेर लोकप्रियता कमाएका छन्। तर, उनको कडा कार्यशैलीका कारण विभिन्न राजनीतिक र प्रशासनिक समूहहरू असन्तुष्ट देखिएका छन्।र राजनीतिक रुपमा उनलाई विभिन्न शक्तिबाट प्रहार हुँदै आएको छ।

Sanjay poudyal

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago