बिर्तामोड। झापाको बिर्तामोड–१० ठुटेबरमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। गएराति अन्दाजी ८:३० बजे बिर्ताबजारबाट सैनिकबजारतर्फ जाँदै गरेको प्र१–०१–०१२ प ५८९१ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आएको साइकलयात्रीलाई जोगाउने प्रयास गर्दा अनियन्त्रित भएर पल्टिएको थियो।
दुर्घटनामा २७ वर्षीय अनिस न्यौपाने, जो बिर्तामोड–१० का बासिन्दा हुन्, गम्भीर घाइते भएका थिए। टाउको र दुबै खुट्टामा गहिरो चोट लागेको अवस्थामा उनलाई उपचारका लागि बीएण्डसी हस्पिटल लगिएको थियो, तर उपचारकै क्रममा दिउँसो २ बजे उनको मृत्यु भएको हो।
मोटरसाइकलमा पछाडि सवार ३८ वर्षीय टिकाराम राय पनि दुर्घटनामा परेका थिए। उनको चोट सामान्य भएको र बीएण्डसी अस्पतालमै उपचार भइरहेको छ। दुर्घटनामा परेका मोटरसाइकललाई अस्थायी प्रहरी चौकी सैनिकबजारले नियन्त्रणमा लिएको छ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…