“झापा बिर्तामोडमा मोटरसाइकल दुर्घटना: २७ वर्षीय युवकको दुखद निधन”

बिर्तामोड। झापाको बिर्तामोड–१० ठुटेबरमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। गएराति अन्दाजी ८:३० बजे बिर्ताबजारबाट सैनिकबजारतर्फ जाँदै गरेको प्र१–०१–०१२ प ५८९१ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आएको साइकलयात्रीलाई जोगाउने प्रयास गर्दा अनियन्त्रित भएर पल्टिएको थियो।

दुर्घटनामा २७ वर्षीय अनिस न्यौपाने, जो बिर्तामोड–१० का बासिन्दा हुन्, गम्भीर घाइते भएका थिए। टाउको र दुबै खुट्टामा गहिरो चोट लागेको अवस्थामा उनलाई उपचारका लागि बीएण्डसी हस्पिटल लगिएको थियो, तर उपचारकै क्रममा दिउँसो २ बजे उनको मृत्यु भएको हो।

मोटरसाइकलमा पछाडि सवार ३८ वर्षीय टिकाराम राय पनि दुर्घटनामा परेका थिए। उनको चोट सामान्य भएको र बीएण्डसी अस्पतालमै उपचार भइरहेको छ। दुर्घटनामा परेका मोटरसाइकललाई अस्थायी प्रहरी चौकी सैनिकबजारले नियन्त्रणमा लिएको छ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago