१० लाखभन्दा धेरैले भरे सर्वोत्तमको आईपीओ, करिब ५५ हजार ५ सयले पाउनेछन् सेयर

 काठमाडौं ।  बुधबार साँझ ५ बजे अन्तिम दिनसम्म सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आईपीओ) १० लाख १२ हजार ३८४ जनाले भरेका छन् । सीडीएस एण्ड क्लियरिङ कम्पनीका अनुसार कम्पनीको आईपीओमा १९.३ गुणा बढी आवेदन परेको हो ।

कम्पनीले कुल २७ लाख ७६ हजार ७६ कित्ताका लागि मात्रै आवेदन खुलाएको थियो । कुल १९ अर्ब ३५ करोड रुपैयाँको आवेदन परेको हो । सो रकम आवेदककै बैंक खातामा ब्लक भएको छ । तर आवेदकले कुल ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ता माग गरेका छन् ।

बुक बिल्डिङ विधिअनुसार मूल्य तय भई प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले कम्पनीले सर्वसाधारणलाई आईपीओ खुलाएको थियो । बुक बिल्डिङबाट खुलेको यस आईपीओमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था छ ।  तर कतिपय आवेदकले ५० भन्दा थोरै १० कित्ताका लागि पनि आवेदन दिएका छन् । ५० भन्दा कम आवेदन दिएकाहरुको आवेदन स्वतः रद्द हुनेछ ।

करिब ५५ हजार ५ सयले पाउनेछन् सेयर :
आईपीओ भर्ने अधिकांश ९४ प्रतिशत बढीको हात रित्तो हुनेछ । यदि १० लाखले आईपीओ भरेको खण्डमा ५‍.५ प्रतिशतले मात्रै आईपीओ पाउने छन् । कम्पनीले कुल २७ लाख ७६ हजार ७६ कित्ता मात्रै बाँडफाँट गर्नेछ । न्यूनतम ५० कित्ताका दरले सेयर बाँडफाँट गर्नुपर्ने व्यवस्था छ । जसअनुसार ५५ हजार ५२१ हाराहारीले मात्रै आईपीओ पाउने छन् । बाँकी सबैको हात्त रित्तो हुनेछ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago