१० लाखभन्दा धेरैले भरे सर्वोत्तमको आईपीओ, करिब ५५ हजार ५ सयले पाउनेछन् सेयर

 काठमाडौं ।  बुधबार साँझ ५ बजे अन्तिम दिनसम्म सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आईपीओ) १० लाख १२ हजार ३८४ जनाले भरेका छन् । सीडीएस एण्ड क्लियरिङ कम्पनीका अनुसार कम्पनीको आईपीओमा १९.३ गुणा बढी आवेदन परेको हो ।

कम्पनीले कुल २७ लाख ७६ हजार ७६ कित्ताका लागि मात्रै आवेदन खुलाएको थियो । कुल १९ अर्ब ३५ करोड रुपैयाँको आवेदन परेको हो । सो रकम आवेदककै बैंक खातामा ब्लक भएको छ । तर आवेदकले कुल ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ता माग गरेका छन् ।

बुक बिल्डिङ विधिअनुसार मूल्य तय भई प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले कम्पनीले सर्वसाधारणलाई आईपीओ खुलाएको थियो । बुक बिल्डिङबाट खुलेको यस आईपीओमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था छ ।  तर कतिपय आवेदकले ५० भन्दा थोरै १० कित्ताका लागि पनि आवेदन दिएका छन् । ५० भन्दा कम आवेदन दिएकाहरुको आवेदन स्वतः रद्द हुनेछ ।

करिब ५५ हजार ५ सयले पाउनेछन् सेयर :
आईपीओ भर्ने अधिकांश ९४ प्रतिशत बढीको हात रित्तो हुनेछ । यदि १० लाखले आईपीओ भरेको खण्डमा ५‍.५ प्रतिशतले मात्रै आईपीओ पाउने छन् । कम्पनीले कुल २७ लाख ७६ हजार ७६ कित्ता मात्रै बाँडफाँट गर्नेछ । न्यूनतम ५० कित्ताका दरले सेयर बाँडफाँट गर्नुपर्ने व्यवस्था छ । जसअनुसार ५५ हजार ५२१ हाराहारीले मात्रै आईपीओ पाउने छन् । बाँकी सबैको हात्त रित्तो हुनेछ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago