बिर्तामोड ३ मा आयोजित वडा अध्यक्ष टोल स्तरीय फुटबल प्रतियोगिताको उपाधी अनारमनी टोलबिकास संस्थाले जित्यो।

झापा, बिर्तामोड नगरपालिका वडा नं. ३ मा आयोजित वडा अध्यक्ष टोल स्तरीय फुटबल प्रतियोगितामा अनारमनी टोल विकास संस्थाले उपाधि जितेको छ। असोज ३ गते सुरु भएको प्रतियोगिताको फाइनल खेलमा अनारमनीले दरबार टोल विकास संस्थालाई ५/२ गोल अन्तरले पराजित गर्दै जित हात पारेको हो।

डोमालाल राजवंशी रंगशालामा भएको फाइनल खेलको औपचारिक कार्यक्रममा कोशी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एकराज कार्कीले रंगशालाको संरक्षणका लागि स्थानिय तहले पहल गर्नुपर्ने बताएका छन्। कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी र खेलप्रेमीहरू उपस्थित थिए। वडा खेलकुद विकास समितिका उपाध्यक्ष बाप्पा शाहाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अथिती र अथितिहरुले बिजयी टिम र खेलाडिहरुलाइ पुरस्कृत गर्नुभएको थियो ।

प्रतियोगितामा ३२ टोलबाट ८ टिमले सहभागिता जनाएका थिए। प्रथम टिमले नगद १५ हजार र ट्रफी, द्वितीय टिमले नगद १० हजार र ट्रफी प्राप्त गर्‍यो। वडा अध्यक्ष टोल स्तरीय  खेलमा उत्कृष्ट खेलाडी आशिष चापागाईं, उत्कृष्ट प्रशिक्षक बिक्की चौधरी, उत्कृष्ट मिडफिल्डर सन्तोष राई, उत्कृष्ट डिफेन्डर विशाल धिमाल, उत्कृष्ट गोलकिपर विजय राजवंशी, उदयमान खेलाडी सरगम शंकर र उत्कृष्ट स्ट्राइकर अरुण हस्दा घोषित भए।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago