टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ । आइतबार टोकियोमा आयोजित एक कार्यक्रमकाबीच उक्त एप सार्बजनिक गरिएको हो ।

विगत लामो समयदेखि जापानको नेपाली समुदायमा सूचना, सञ्चार, वेभ तथा ग्राफिक्स डिजाइन-प्रिन्टिङका साथै आइटी सेक्टरका अन्य आधारभूत सेवा प्रवाह गर्दै आईरहेको जिएमटी कम्पनीले सेवाग्राहीहरुको सुबिधालाई ध्यानमा राखी आफ्नो सेवा सर्बसुलभ तरिकाले प्रवाह गर्न उक्त एप ल्याईएको जनाएको छ ।

सन् १९९९ देखि नेपाली समाचार पत्रिका र सन् २००६ देखि समुद्रपारि डट कम मार्फत नेपाली समुदायलाई निरन्तर सूचना र सञ्चारको सेवा प्रवाह गर्दै आईरहेको उक्त कम्पनीले ल्याएको नयाँ जिएमटी एपमा सेवाग्राहीहरुका लागि अंग्रेजी र नेपाली भाषामा विभिन्न फिचरहरु राखिएका छन् । उक्त फिचरहरु मार्फत टाढा टाढाबाट पनि सेवाग्राहीहरुले जिएमटीको सेवा लिन सकिने ब्यवस्था गरिएको छ । जसले गर्दा पटक पटक फोन सम्पर्क गरिरहनुपर्ने, भौतिक उपस्थिति भईरहनुपर्ने झन्झटबाट मुक्त हुनुको साथै समय र श्रमको यथेष्ट बचत हुने सो कम्पनीले जनाएको छ । 

पत्रकार भेटघाट सहितको एप सार्बजनिकरण कार्यक्रममा बोल्दै सो कम्पनीका अध्यक्ष तिलक मल्लले समयको रफ्तारभन्दा निकै ढिलो भईसकेको भएता पनि अब हामी ब्यवसायिकरुपमै डिजिटल युगमा प्रवेश गर्नुको विकल्प नरहेको विचार ब्यक्त गरे । उनले भने – ‘हामीले आफ्नो ब्यवसायबाट प्रवाह गरिने सेवालाई डिजिटल मार्केटिङ मार्फत लक्षित वर्गसम्म पुर्‍याउन र सेवाग्राहीहरुलाई बिनाझन्झट आफुसंग सहज पहुँच दिलाउन यस्ता एपहरु अत्यन्त उपयोगी हुने भएकोले अब आफ्ना ब्यवसायिक कार्यसम्पादनलाई अझ परिष्कृत गर्न प्रविधिको भरपुर उपयोग गर्न सक्नुपर्दछ ।’

 कार्यक्रममा बोल्दै एनआरएन जापानका अध्यक्ष नविन निउरेले जापानमा नेपाली ब्यवसायीहरुले अब नयाँ नयाँ प्रविधिमा पहुँच बढाउँदै आफ्नो ब्यवसाय बिस्तार गर्नुपर्ने बिचार ब्यक्त गरे । उनले एनआरएन जापानले पनि जापानमा रहेका विद्यार्थी, कुकदाजुभाइ तथा ब्यवसायीहरुलाई लक्षित गरी समय समयमा जानकारीमुलक कार्यक्रमहरु गर्दै आईरहेको र भविष्यमा पनि गरिने योजना रहेको जानकारी गराए ।

यसैगरी कार्यक्रममा बोल्दै दिप वे जापानका कार्यकारी प्रमुख समेत रहेका स्थापित ब्यवसायी दिपक सुबेदीले ब्यवसायलाई प्रविधिसंग जोड्न र सेवाग्राहीलाई थप सुबिधा सहित सेवा प्रवाह गर्न अब प्रविधिको उपयोगमा जोड दिनुपर्ने धारणा ब्यक्त गरे । नेपाली ब्यवसायी संघ (NBA) जापानका अध्यक्ष बिजय थकालीले समयको रफ्तारसंगै अगाडि बढ्न नसक्दा नेपाली समुदाय पछाडि परिरहेको सन्दर्भमा जिएमटी कम्पनीले यस कार्यक्रम मार्फत सम्बन्धित सबैलाई सचेत बनाएको बिचार ब्यक्त गरे । यसैगरी म्याग्दी प्रवासी नेपाली संघ (मोना) का अन्तरराष्ट्रिय अध्यक्ष ददिवल खड्काले ढिलै भएपनि उपलब्ध सूचना र प्रविधिको भरपुर उपयोग गरी नेपाली समाजलाई ब्यवसायिक लाभ लिन प्रेरित गर्ने यसप्रकारको कार्यक्रम र प्रयास सह्रानीय रहेको धारणा ब्यक्त गरे । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष शान्तकुमार पहारी, गल्कोट समाजका पूर्व अध्यक्ष नरबहादुर थापा, छोटो पारिवारिक भ्रमणका क्रममा हाल जापानमा रहनुभएका नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णबहादुर केसी लगायतले नयाँ-नयाँ प्रविधिमार्फत ब्यवसायिक प्रवर्द्धन गरी नेपालीहरुले थप लाभ लिन सकून् भन्ने आशयबाट आयोजित कार्यक्रम मार्फत जिएमटी कम्पनीले नेपाली समुदायलाई एउटा सशक्त सन्देश प्रवाह गरेको धारणा ब्यक्त गर्दै सफलताको शुभकामना ब्यक्त गरेका थिए । 

 जिएमटी एप सार्बजनिकरण कार्यक्रममा उक्त एपमा उपलब्ध फिचरहरुका बारेमा जानकारी गराउँदैं जिएमटी कम्पनीका आइटी प्रमुख देवांशु बज्राचार्यले एपको प्रयोगबाट हुने ब्यवसायिक लाभ, ब्यवस्थापनमा हुने सहजता, सुरक्षित डेटा भण्डारण, समय र श्रमको बचत, झन्झट मुक्त भई ब्यवसायी र सेवाग्राही दूबै पक्षलाई हुने फाइदा लगायतका बारेमा स्लाइड मार्फत आफ्नो प्रस्तुती राखेका थिए । उनले ब्यवसायलाई प्रविधिसंग जोडेर गरिएका ब्यवसायहरुले नै आजको दुनियांमा साम्राज्य जमाईरहेको दृष्टान्तकारुपमा केही छोटा भिडियो क्लिपहरु पनि देखाएका थिए ।

कार्यक्रमको अन्तमा, पत्रकारहरुको जिज्ञासालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष मल्लले ब्यवसायिक हिसाबले नयाँ प्रयोग भएकोले अभ्यस्त हुँदै जाने क्रममा प्राप्त सुझाव र प्रतिक्रियाहरुलाई समेट्दै अन्य संस्करणहरुमा सुधार गर्दै जाने विचार ब्यक्त गरे ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago