राष्ट्रियसभा निर्वाचनमा बालेन्द्र साहले भोट नहाल्ने

२०८०, ११ माघ बिहीबार १६:३२

काठमाडौं- राष्ट्रियसभा निर्वाचनमा काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह (बालेन)ले भाग नलिने भएका छन्।

राष्ट्रियसभा सदस्य निर्वाचनमा बालेनले भाग नलिने उनको सचिवालय स्राेतले जनाएकाे छ। गत मंसिर ४ गते भएको प्रदेशसभा चुनावमा पनि बालेनले मतदान गरेका थिएनन्।

उपप्रमुख सुनिता डंगोल भने निर्वाचनमा भाग लिन हेटौंडा पुगिसकेकी छन् । बागमती प्रदेशको तर्फबाट राजधानी हेटौंडामा ४ सिटका लागि मतदान भइरहेको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु