रवि लामिछाने: पक्राउ गर्ने कुनै आधार नभएकोले अदालतले पक्राउ पुर्जी नदिएको

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई पक्राउ गर्ने कुनै आधार नहुँदा अदालतले पक्राउ पुर्जी नदिएको बताएका छन्।

मंगलबार उनले सामाजिक सञ्जाल फेसबुकमा लाइभ आएर कुनै मुद्दामा उनलाई पक्राउ गर्ने प्रमाण नभएको कारणले अदालतले यस्तो आदेश नदिएको बताएका छन्।

उनले भने, “मलाई थाहा अनुसार, अदालतले कुनै आधार नपाइदा मात्रै पक्राउ पुर्जी नदिएको हो, तर म यसलाई पुष्टि गर्न सक्दिनँ।”

लामिछानेले बयान दिन जहाँ पनि आउन तयार रहेको बताए। उनले थपे, “कानूनी राज्यमा म जहाँ सघाउन पर्छ, जहाँ बयान दिन आउनुपर्छ, म त्यहाँ जान तयार छु। म त अस्ति पनि झोला लिएर आएको थिएँ, म किन डराउँछु र म प्रक्रियामा कहिल्यै डराउँदिन। हरेक प्रकरणमा कानूनी न्यायको बाटोमा गएर बाहिर निस्केको छु। मैले हल्लालाई हल्लाको रूपमा छोडेर आएको होइन।”

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago