तमुधीं जापानको नवनिर्वाचित कार्यसमितिलाई क्षेत्रिय समिति (गुन्मा,तोचोगि, ईवाराकी)द्वारा सम्मान सहित अन्तरक्रिया सम्पन्न

टोकियो ।  तमुधीं (गुन्मा,तोचोगि, ईबाराकी) क्षेत्रिय समितिले आईतबार अन्तरक्रिया कार्यक्रम सहित तमुधीं जापानको नवनिर्वाचित कार्यसमितिलाई तोचिगिमा सम्मान गरेको छ ।

तमुधी क्षेत्रिय समितिका अध्यक्ष बिराज गुरुङको अध्याक्षतामा सम्पन्न कार्यक्रममा तमुधीं जापानका अध्यक्ष हिमाली गुरुङ सहित नवनिर्वाचित कार्यसमितिका पदाधिकारी, तमुधीं जापानका पूर्व अध्यक्षहरु गिरी प्रसाद गुरुङ, हर्क गुरुङ, भिम बहादुर गुरुङ, श्री गुरुङको उपस्थिती रहेको थियोभने क्षेत्रिय समितिका पदाधिकारीहरु सहित सल्लाहकार निरज गुरुङ र शन्त बहादुर गुरुङको सहभागिता रहेको थियो । 

तमुधीं (गुन्मा,तोचोगि, ईबाराकी) क्षेत्रिय समितिका महासचिव भरत गुरुङले क्षेत्रिय समितिको कार्यसमितिले अस्पष्ट भएका बिभिन्न विषयहरु प्रस्तुत गर्दै तमुधीं सबै गुरुङहरुको साझा सस्था बनाउन केन्द्र र क्षेत्रिय समितिहरुको कार्यगत एकता, सहकार्य गर्दै जानु पर्ने विषयहरु अन्तरक्रिया कार्यक्रममा राखेका थिए । 

अन्तरक्रिया कार्यक्रममा तमुधींले सबै गुरुङहरुलाई दुख: शुखमा हातेमाले गर्दै गुरुङ जातिको भाषा, सस्कार र सस्कृती नयां पुस्ता सहित विदेशी नागरिकहरुलाई केन्द्रितगरी साझा कार्यक्रम गर्ने छिट्टै क्षेत्रिय समितिहरुलाई विधानमा रहेका अस्पष्टहरुलाई समायोजन गर्दै क्षेत्रिय समितिहरुको भेला गरिने एवं ल्होसार लगायतको गुरुङहरुको कार्यक्रमलाई एकआपसमा सहयोग गर्दै सबै स्थानहरुमा गुरुङहरुको चाडपर्व प्रभावकारी तरिकाले मनाउने र एक बर्षको कार्यक्रम तालिका बनाउने र सयुक्तरुपमा गुरुङ जातिको चाडपर्वहरु मनाउने विषयमा छलफल भएको थियो । 

सम्मान सहित अन्तरक्रिया कार्यक्रममा तमुधी जापानका अध्यक्ष हिमाली गुरुङले क्षेत्रिय समितिका अध्यक्ष एवं महासचिवसग मासिक छलफल गरिने, तमुधींको हरेक क्षेत्रिय समितिबाट केन्द्रिय समितिको कार्यसमितिमा नै समेटिने क्षेत्रले आयोजना गर्ने सबै कार्यक्रमहरुमा सबै प्रकारको सहयोग गरिने बताउदै हाम्रो एकतालाई अझ मजबुत बनाउदै जापानमा बसोबास गर्ने गुरुङलाई सहयोग गर्ने योजना रहेको वताउनु भयो । उहांले क्षेत्रिय समिति बिना यो सम्भव नभएको भन्दै हातेमालो गर्दै अगाडी बढन अनुरोध गर्नुभयो । कार्यक्रममा पूर्व अध्यक्षहरु, कार्यसमितिका पदाधिकारीहरु क्षेत्रिय समितिका पदाधिकारीहरुले आआफ्नो विचार राखेका थिए । 

अन्तरक्रिया कार्यक्रममा क्षेत्रिय समितिको तर्फबाट गुरुङ जातिको खानाहरु र गुरुङ जातिको जातिय पहिरान लगाईएको थियो ।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago