#उत्प्रेरकउद्यमीसमाज #बिर्तामोडउद्यमशीलता #वार्षिकसाधारणसभा #युवाउद्यमीप्रोत्साहन #उद्यमशीलता #व्यापारव्यवसाय #बगानचियाक्याफे #दमकउद्योगबाणिज्यसंघ #सन्दीपगिरी #सशक्तउद्यमी
दमक, उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४, झापाको दोस्रो वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष सन्दीप गिरीले गरेका थिए भने प्रमुख अतिथि दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाँई थिए। संस्थाका उपाध्यक्ष सन्तोषकुमार श्रेष्ठले स्वागत मन्तव्य दिएपछि, अध्यक्ष गिरीले वार्षिक प्रगति प्रतिवेदन तथा आगामी कार्य योजना प्रस्तुत गरे। कोषाध्यक्ष अर्जुन उप्रेतीले आर्थिक प्रतिवेदन पेस गरेका थिए।
डाइनामिक पब्लिक लाइब्रेरीका संस्थापक अध्यक्ष भेषराज न्यौपाने र युवा उद्यमी सचिन निरौलालगायतका वक्ताहरूले आफ्नो अनुभव सुनाउँदै, विशेषगरी अपाङ्गता भएका युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न सरकारको सहयोग आवश्यक रहेको कुरा जोड दिए। प्रमुख अतिथि गुरागाँईले युवा उद्यमीहरूलाई व्यापार व्यवसायमा प्रोत्साहन दिने प्रतिवद्धता व्यक्त गरे।
उत्प्रेरक उद्यमी समाजको उद्देश्य भनेको समुदायलाई उद्यमशीलतासँग जोड्दै लैजाने हो। यो संस्था २०८० फागुन ८ गते स्थापना भएको हो र यसले उद्यमीहरूलाई सशक्त बनाउन, नयाँ उद्यमीहरूलाई उत्प्रेरित गर्न, र नयाँ व्यवसायीक योजनाहरूलाई समर्थन गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। कार्यक्रममा “बगान चिया क्याफे”लाई उत्प्रेरक उद्यमी समाजको लोगो प्रदान गर्दै सम्मान गरिएको थियो। कार्यक्रमको सञ्चालन महासचिव नवीन भण्डारीले गरेका थिए।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…