काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेको छ। जिल्ला अदालत कास्कीले लामिछानेलाई पक्राउ गर्न अनुमति दिएपछि उनलाई हिरासतमा लिइएको हो। पूर्वगृहमन्त्री लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको आरोप छ, जुन संसदीय छानबिन समितिले दोषी ठहर गरेको थियो।
लामिछानेमाथि गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक रहेको बेला सहकारीको रकम अपचलन गरेको आरोप छ। यस प्रकरणमा गोर्खा मिडियाका अध्यक्ष जीबी राई फरार रहेका छन्, जबकि उनीहरूसँगै साझेदार रहेका पूर्वडिआईजी छविलाल जोशीलाई असोज ६ गते नै पक्राउ गरिएको थियो।
लामिछानेलाई सडकमार्ग हुँदै शुक्रबार राति कास्की लगिएको हो। यस गिरफ्तारीको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका थिए।
बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१…
दमक, उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४, झापाको दोस्रो वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको…
काठमाडौ: समकालीन विश्वमा चीन दोस्रो ठूलो कार बजार र अर्थतन्त्रको आकारमा पनि दोस्रो स्थानमा रहेको…
काठमाडौ। लण्डन, ओन्टारियोको प्रतिष्ठित म्युजिक हलमा हुन लागेको नेपाली गायक सबिन राई एण्ड द फरोजको…
काठमाडौ । आज असोज शुक्ल दशमी, अर्थात् विजयादशमी, बडादशैँको मुख्य दिनको रूपमा देशभर धुमधामका साथ…
ओसाका। जापानमा नेपालीहरुको महान् पर्व बडा दशैंको अवसरमा डिस्कभरी सर्पोटको आयोजनामा दशैं फेस्टिवल हुने भएको…