लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन् । केही दिनअघि राजधानीमा सम्पन्न १४ औँ विन्दवासिनी म्युजिक अवार्ड वितरण समारोहमा गायक चन्दलाई सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित भएका छन । मुक्तिनाथ विकास बैंक र रमपम तयारी चाउचाउको प्रस्तुतिमा काठमाडौको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न विन्ध्यवासिनी म्युजिक अवार्ड बाट घाटि रेट्नलाइ गीत बाट चन्द सम्मानित भएका हुन।

चन्दसँगै अन्य ३१ विधाका सर्वोत्कृट हुने व्यक्तिहरुलाई पनि सम्मान गरिएको छ । गुल्मीको मदाने गाउँपालिका वडा नम्बर १ अग्लुङ घर भएका चन्दलाई ‘घाँटी रेट न’ बोलको गीतलाई आधार मान्दै सम्मान गरिएको हो । गुल्मीको अग्लुङमा जन्मिएका गायक चन्द लोकदोहोरी क्षेत्रमा चिन्ने गर्दछन् । लामो समय लोक संगीतको क्षेत्रमा आफुलाई समर्पित गरेका उनले नेपाली लोक संस्कृतिलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । स्कूल पढ्दादेखि नै गीत गाउन रुची राख्ने चन्द पछिल्लो समय राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमै ख्याती कमाउन सफल भएका हुुन् । २०६३ सालदेखि लोक संगितको क्षेत्रमा प्रवेश गरेका उनी दर्जनौ गीत निकाले दर्शकको मन जित्न सफल भएका छन् ।

हालसम्म दर्जनौँ गीत बजारमा ल्याएका गायक चन्दका यस अघिका चरी रुखैमा, भिरमा रुँदै छु, अबदेखि एक्लै हुम्ला म, भुल्दैभुल्दै जानु, आमा, अँध्यरो, तीन फुर्के डोरी, फूल फुल्यो केशरी, मेची महाकाली लगायत धेरै गीतहरु चर्चामा छन् ।

उनले कतार, युएई, दुवई, ओमन, बहराइन, कोरिया जस्ता देशको सांगितिक भ्रमण समेत गरेका छन् । त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका चन्द बौद्धिक कलाकारको रुपमा चिनिन्छन् ।

लोक गायन पुरस्कार–२०७६, हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०७८, दोस्रो विशाल लुम्बिनी लोकदोहोरी अवार्ड २०७९,नुर गंगा प्रतिभा पुरस्कार २०७६, पहिलो दशैं तिहार फेस्टिभल म्यूजिक अवार्ड २०८० जस्ता अवार्डबाट उनी सम्मानित भएको पाइन्छ । अहिले पाएको विन्दवासिनी म्युजिक अवार्डले आफ्नो कलाकारिताको क्षेत्रमा थप हौसला थपेको चन्दले प्रतिक्रिया दिए ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago