“समर्पण टुर २०२४: लण्डन म्युजिक हलमा सबिन राई एण्ड द फरोजको पहिलो ऐतिहासिक लाइभ प्रस्तुति”

काठमाडौ। लण्डन, ओन्टारियोको प्रतिष्ठित म्युजिक हलमा हुन लागेको नेपाली गायक सबिन राई एण्ड द फरोजको समर्पण टुर कार्यक्रम आगामी कार्तिक १० गते (अक्टोबर २६) मा हुने भएको छ। आयोजक हिमालयन क्रियशनले प्राविधिक कारणले यो मिति तय गरेको जानकारी दिएको छ।

यो कार्यक्रम लण्डन, ओन्टारियोमा पहिलो पटक नेपाली ब्यान्डसँग लाइभ म्युजिकको रुपमा आयोजना हुन गइरहेको छ। नेपाली समुदायको बीचमा दशैं तिहारजस्ता महान चाडहरुको विशेष महत्व हुने भएकाले यस सांगीतिक कार्यक्रमलाई नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई समेट्दै आयोजना गरिएको हो।

हिमालयन क्रियशनले नेपाली संस्कृति, संगीत र कलाको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागेको हो। यसलाई लण्डनको प्रतिष्ठित म्युजिक हलमा सम्पन्न गरिनेछ, जहाँ सबिन राई एण्ड द फरोजले लाइभ प्रस्तुति दिनेछन्। १५०० भन्दा बढी दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको यो कार्यक्रमले नेपाली कला र संस्कृति सम्बद्र्धनमा महत्वपूर्ण योगदान दिने लक्ष्य राखेको छ। यसमा नेपाली बालबालिकादेखि जेष्ठ नागरिकसम्म सबैले सबिन राईको सांगीतिक प्रस्तुतिको आनन्द लिन सक्नेछन्।

यो कार्यक्रमले नेपाली गायक-संगीतकारको कदर गर्दै नेपाली गीत-संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने प्रयासको हिस्सा पनि हो। हिमालयन क्रियशनले यसलाई नेपाली समुदायमा संगीत र संस्कृतिलाई प्रबद्र्धन गर्ने एक सुनौलो अवसरका रुपमा लिएको छ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago