“समर्पण टुर २०२४: लण्डन म्युजिक हलमा सबिन राई एण्ड द फरोजको पहिलो ऐतिहासिक लाइभ प्रस्तुति”

काठमाडौ। लण्डन, ओन्टारियोको प्रतिष्ठित म्युजिक हलमा हुन लागेको नेपाली गायक सबिन राई एण्ड द फरोजको समर्पण टुर कार्यक्रम आगामी कार्तिक १० गते (अक्टोबर २६) मा हुने भएको छ। आयोजक हिमालयन क्रियशनले प्राविधिक कारणले यो मिति तय गरेको जानकारी दिएको छ।

यो कार्यक्रम लण्डन, ओन्टारियोमा पहिलो पटक नेपाली ब्यान्डसँग लाइभ म्युजिकको रुपमा आयोजना हुन गइरहेको छ। नेपाली समुदायको बीचमा दशैं तिहारजस्ता महान चाडहरुको विशेष महत्व हुने भएकाले यस सांगीतिक कार्यक्रमलाई नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई समेट्दै आयोजना गरिएको हो।

हिमालयन क्रियशनले नेपाली संस्कृति, संगीत र कलाको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागेको हो। यसलाई लण्डनको प्रतिष्ठित म्युजिक हलमा सम्पन्न गरिनेछ, जहाँ सबिन राई एण्ड द फरोजले लाइभ प्रस्तुति दिनेछन्। १५०० भन्दा बढी दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको यो कार्यक्रमले नेपाली कला र संस्कृति सम्बद्र्धनमा महत्वपूर्ण योगदान दिने लक्ष्य राखेको छ। यसमा नेपाली बालबालिकादेखि जेष्ठ नागरिकसम्म सबैले सबिन राईको सांगीतिक प्रस्तुतिको आनन्द लिन सक्नेछन्।

यो कार्यक्रमले नेपाली गायक-संगीतकारको कदर गर्दै नेपाली गीत-संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने प्रयासको हिस्सा पनि हो। हिमालयन क्रियशनले यसलाई नेपाली समुदायमा संगीत र संस्कृतिलाई प्रबद्र्धन गर्ने एक सुनौलो अवसरका रुपमा लिएको छ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago